मोना कतारले जिल्लामा सञ्चालन गरी रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता बेनीमा रहेको वोस्ट पोईन्ट आवासिय माविले जितेको छ । माविका तर्फबाट सहभागी प्रज्वल मल्लले सर्वाधिक अंक ल्याउदै प्रतियोगीताको बिजेता बनेका हुन ।

“शैक्षिक स्तर वृद्धिका लागी स्थानीय तहको भूमिका के हुन सक्छ ? शिक्षालाई समयसापेक्ष बनाउन सरकारले गर्नु पर्ने न्यूनतम कार्य के हुन् सक्छन् ? साथै परम्परागत शिक्षाको विकल्प के हुन सक्छ ?” शीर्षकमा अन्तिम प्रतिष्पर्धा भएको थियो । मोनाको चौथो महाधिबेशनको अवसरमा आज बेनीमा प्रतियोगीताको बिजयी धोषणा गरीएको हो ।
बिजयी मल्ललाई संघले नगद २० हजार र प्रमाण पत्रले पुरस्कृत गरेको छ ।

त्यस्तै दित्तिय स्थानमा बेनी सामुदायिक स्कुल कि सुमित्रा पौडेल रेहकी छिन, उनलाई नगद १५ हजार सहित प्रमाण पत्रले सम्मान गरेको छ । तृतिय स्थानमा वोस्ट पोईन्टकै शिल्पीका जिसी ले हासिल गरीन उनले पुरुस्कार स्वरुप नगद १० हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन भने सान्तवना पुरुस्कार प्रकाश मावि कि सिर्जना कटुवाल र जमुना खर्क माविकी विनीता सुबेदीले प्राप्त गरीन । कटुवाल र सुवेदी जनही ५ हजार सहित प्रमाण पत्रले सम्मान गरीएको थियो ।

साथै संघले निर्णायक मन्डल र संचारकर्मीहरुलाई समेत सम्मान गरेको छ । पुरुस्कार तथा सम्मान माननिय भुपेन्द्र बहादुर थापाको समुपस्थितीमा मोना आईइसिका अध्यक्ष ओम जुग्जालीको प्रमुख आतिथ्यता तथा संघ कतारका अध्यक्ष नरेन्द्र फगामीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमलाई महासचिव अजय कुवरले सहजिकरण गरेका थिए ।

Leave a Reply