अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

वर्षाले राष्ट्रिय जनजागृति माविको भवन भत्कियो

On: October 20, 2021 4:28 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-१ पुर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविको भवन भत्किएको छ। आइतबारदेखिको निरन्तर वर्षाका कारण तीन कोठे कच्ची भवन भत्किएको हो। कक्षा ६,७ र ८ का विद्यार्थी बसेर पढ्ने तीन कोठे ढुङ्गा, माटो र वर्षाले राष्ट्रिय जनजागृति माविको भवन भत्कियोकाठले बनाइएको भवन भत्किएको प्रधानाध्यापक टेकबहादुर राम्जालीले जानकारी दिए।

करिव २० वर्ष पुरानो भवनमा पानी चुहिएर काठ भाँचिएपछि भत्किएको विद्यालय बताइएको छ। धुरीबलो र डाडा कुहिएर छानोको ढुङ्गाको भार थाम्न नसकेपछि भत्किएको हो। कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा हाल १८७ जना विद्यार्थी अध्ययनरत छन्। एक तले पक्कि भवनमा तला थपेर तीन वटा बनाउन गाउँपालिकामार्फत पहल गरिने प्रअ राम्जालीले बताए।