---Advertisement---

रत्नेचौरमा तरुण दल कप फुटबल शुरु

On: October 21, 2021 9:43 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि प्रथम रत्नेचौर तरुण दल कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
नेपाल तरुण दल रत्नेचौरले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न २७ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका पर्यटन,उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कडेंलले रत्नेचौर अपार संभावनाहरु रहेको ठाउँभएकोले कृषि,पर्यटन र खेलकुदको माध्यमद्धार यस ठाउँको विकास गर्न सकिने बताउनुभयो ।
रत्नेचौरमा निर्माणाधिन क्षेत्रीय स्तरको खेलकुद मैदानका लागि आफूले प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री कडेंलले धवलागिरि क्षेत्रको पाएक पर्ने ठाउँ रत्नेचौरमा क्षेत्रीय स्तरको खुलकुद मैदान निर्माण हुनु गौरबको विषय हो भन्नुभयो ।
त्यसैगरी नेपाली कांग्रेस म्याग्दीका सभापति खमबीर गर्बुजाले रत्नेचौरका तरुणहरुले आफ्नै पहलमा प्रथम रत्नेचौर तरुण दल फुटबल प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गर्दै तरुणहरु रचनात्मक र सिर्जनशील कार्यहरुमा पनि अगाडी रहेका बताउनुभयो । सभापति गर्वुजाले खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस युवाहरुको साथमा रहेको र रत्नेचौरमा खेल मैदान निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पदाधिकारी,भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार ६६ हजार ५५५ रहेको छ । सो पुरस्कार नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्व. ओमबहादुर बोगटीको स्मृतिमा छोरा दीपक बोगटी र नाति अभिषेक बोगटीले ओम्बो मेमोरियल ट्रष्ट मार्फत सौजन्य गर्नुभएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी ३१ हजार ५५५ रासीको दोस्रो पुरस्कार स्वर्गिय हर्कवहादुर पुनको स्मृतिमा छोरा खमबहादुर पुन,नाति असिम पुन,नातिनी प्रमिला र धना पुनले सौजन्य गर्नुभएको प्रअ खत्रीले बताउनुभयो ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।