कविता :जन्तु मार्ने भिसा

0

प्राणी मराइ विदेशीलाई पैसा तिम्ले पायौ

मान्छे बेचि नपुगेर प्राणी बेचि खायौ !

निर्दोषी त्यो सोझो भेडो जंगलमा बस्छ
न त तिम्लाई मारि खान्छ न त कतै डस्छ !

न त खा छ तिम्रो बाली न त तिम्रो अन्न
के कुराले पार्यो तिम्लाई जाओ मार भन्न?

यो सृस्टीको कुन बिधानले मिल्छ यस्तो गर्न ?
सोझा प्राणी मराएर आफ्नो खल्ती भर्न !

भोकै भयौ खानै पाएनौ बरु तिम्ले भने
तिम्ले आफै मारि खाउ नलेउ यस्ता धने !

प्रकृतिको चक्र भित्र त्यहि ठाउँका पात्र
मारामारको खेल चल्छ उनै बीच मात्र !

एउटा मारि खान्छ कोही अर्को त्यहि मार्छ
बरावरी कृया चल्छ न असर नै पार्छ

भान्छौ अरे धेरै छन् मारे हुन्छ केही
कस्तो होला तिम्लाई पनि भने शब्द यही ?

धेरै छौ त तिमी पनि चाहिने भन्दा आज
एउटा पदमा दुइटा बस्छौ नमानेर लाज !

तिम्रा पनि छन् त सन्तान धेरै एउटा भन्दा
कस्तो होला तिन्लाई पनि नम्बर लगाई गन्दा !

यसै गरि तिम्रा घरमा आए काल लिन
सक्छौ तिमी धेरैबाट एउटा छानि दिन ?

उपचारमा जान परे तिम्लाई भिसा दिन्न
जन्तु मार्ने भिसा दिन्छौ मन नि हुन्न खिन्न !
-अर्जुन राज पन्त ,बागलुङ मुलपानी हाल टेक्सास अमेरिका (यो कवितांश नेपाली साहित्यको पहिलो
ब्यङ्ग्यकाव्य’ कोइली’ को तृतीय सर्ग बाट झिकिएको हो )

Leave a Reply