‘युवा’ शब्दलाई उल्टोबाट पढौ त ! ‘वायु’ हुन्छ आजसम्म युवा भन्ने वित्तिकै आँँधी, तुफानसंग लगेर जोडेको तुलना गरेको अधिक पाईन्छ । आँँधी र तुफानले अन्तत : विनास निम्त्याउँछ । आजको आवश्यकता, समयको पुकार भनेको हामी प्रत्येक युवा वायु (प्राण) बनेर देशको सेवामा निश्वार्थ एवम् अपेक्षा रहित भई समर्पित भएर हाम्रा पूर्खाहरुले हाम्रो देश नेपालको छवि विश्व मानचित्रमा जसरी बनाएका छन् त्यो छविलाई कायम राख्दै देशको उचाईलाई सर्वोच्च स्थानमा पुर्याउनु हामी यूवाको महत्वपूर्ण जिम्मेवारी हुन्छ ।

जसले जिम्मेवारी बहन गर्छ उसैको शक्ति बढ्छ भन्ने शाश्वत सत्यलाई आत्मसात गर्दै सकारात्मक सोचका साथ अगाडी बढ्न सके व्यक्तिगत जीवन त सुन्दर हुन्छ नै यो धर्ती नै स्वर्गमा रुपान्तरण हुन्छ । युवाले जे सोच्छ, त्यो त उसको लागि महत्वपूर्ण हुन्छ नै त्यसको प्रभाव सिंगो देश र विश्वलाई समेत परेको हुन्छ । देशको भविष्य युवाहरुको विचारले तय गर्छ । भनिन्छ नि–विचारको परिवर्तनले अन्तत ः मानिसको जीन्दगीलाई नै परिवर्तन गर्न सक्छ ।
आज हाम्रो देश नेपालको सकारात्मक रुपान्तरणको चाहाना राख्दै थुप्रै संघसंस्थाहरुले विभिन्न अभियान चलाएको प्रशस्तै देख्न पाईन्छ । सकारात्मक रुपान्तरण कति भयो ? हामी कति सकारात्मक हुन सक्यौं ? यो सोच्नुपर्ने विषय बनेको छ । जबसम्म देशमा गहना, शिरका ताज, गलाका हार युवाहरुको विचारमा सकारात्मक सोचको विकास हुदैन तवसम्म हामीले चाहेको सम्मुन्नत राष्ट्र निर्माण हुन सक्दैन । यो निश्चित छ ।

कस्तो सोचलाई सकारात्मक सोच भन्ने त ? जिज्ञासा हुन सक्छ ।
विद्यालयमा कक्षा संचालन भईरहेको थियो । गुरुले पढाईरहेकै समयमा प्रसङ्गबश विद्यार्थीलाई प्रश्न सोध्नुहुन्छ । स्वर्ग जान को – को चाहान्छौ ? कक्षामा सबै जनाले हात उठाउँछन् तर कक्षाकोठाको पछाडीको बेन्चका कुनामा बसेको प्रकाश नाम गरेको विद्यार्थीले हात उठाउँदैन, गुरुलाई अचम्म लाग्छ स्वर्ग पनि जान नचाहने कस्तो विद्यार्थी ? गुरु विद्यार्थीको छेउमा जानु हुन्छ र सोध्नु हुन्छ–बावु प्र काश तिमी स्वर्ग जान चाहदैनौ ? प्रकाश ले टाउको हल्लाउँछन् र भन्छन् –‘म स्वर्ग जान भन्दा जुन धर्तीमा म बस्छु यहि धर्तीलाई स्वर्ग बनाउँछु ।’ आहा ! हेनूहोस् त, कति दिव्य विचार, सर्वोच्च विचार । यस्तो सोचलाई भनिन्छ सकारात्मक सोच ।

विश्वविद्यायलको अनुसन्धानका अनुसार सफलता भनेको ८८ प्रतिशत सकारात्मक सोच हो भने १२ प्रतिशत शिक्षा हो। त्यसकारण, जीवनमा सफल हुने क्षमता विकासका लागि सकारात्मक सोच महत्त्वपूर्ण कारक हो भन्न सकिन्छ

एउटा भ्यागुतो सर्पको मुखमा पर्छ अनि त्यो सर्पले विस्तारै विस्तारै मुखमा च्याप्छ तर सर्पको मुखमा परेको त्यो भ्यागुतोको अगाडी कुनै कीरा या लामखुट्टे उडेर आयो भने त्यतिखेर पनि लामखुट्टेलाई समात्न मुख खोल्छ । त्यस भ्यागुतोलाई आफ्नो गतिको चाँहि पत्तो नै हुदैन । आफै सर्पको आहारा बनिरहेको छ । अझ त्यस भ्यागुतोलाई लोभले छोडेको छैन् । यो प्रसङ्गले दिन खोजेको सन्देश एउटै छ– हामी पनि कालरुपी सर्पको मुखमा पर्ने नै छौ । यो शाश्वत छ जन्मेपछि एकदिन मर्नैपर्छ । विस्तारै विस्तारै दिन, रात, जाँडो, गर्मी भोग्दा भोग्दै आयु सकिन्छ । त्यसैले यो धर्तिमा हुन्जेल यस्तो कर्म गरौ हाम्रो भौतिक शरीरले विश्रान्ति लिँदा हाम्रा आफन्त, छरछिमेक, समाज र पेशालाई नै हाम्रो अभावको अनुभुति होस् । भनिन्छ–मानिसको उचाई वर्षले होईन उसको कर्मले नाप्नुपर्छ । जीवनको लम्बाई भन्दा पनि उचाईले महत्व राख्दछ ।
दुःख,अशान्तिको जड भनेको हाम्रो कर्म हो । बाचुन्जेल यसरी बाँचौ फूल स्व?पको बनेर फूलको बास्ना छर्छ, सुगन्ध छर्छ । हाम्रो जीवन पनि फूल समान बनाउनु पर्छ । सुख, शान्ति, आनन्दको स्रोत भनेकै हामीले गर्ने कर्म नै हो । तसर्थ प्रत्येक युवा हामीले गर्ने प्रत्येक कर्म होस र प्रेमका साथ गर्नुपर्छ ।

Leave a Reply