म्याग्दीमा रहेका बिभिन्न सहकारी संस्थामा कार्यरत प्रवन्धकहरुको भेलाले  सहकारी म्यानेजर क्लव गठन गरेको छ ।     राष्ट्रिय सहकारी बैँक संगको समन्वयमा बिहिबार बेनीमा भएको सहकारीको प्रबन्धक हरुको भेलाबाट पश्चिम नेपाल साकोस का प्रबन्धक प्रेमलाल कँडेल सदनको अध्यक्षतामा गठन भएको हाे ।  क्लबको उपाध्यक्ष मा न्यु धौलागिरी साकोस मा प्रबन्धक बसन्त कुमार श्रेष्ठ, सचिवमा लोकदीप साकोसका प्रबन्धक नेत्रराज सुबेदी, कोषाध्यक्षमा दिदिबहिनी साकोसका प्रबन्धक समिक्षा ढुंगाना र सहसचिवमा बेनी साकोस का प्रबन्धक सज्जन शाक्य चयन हुनुभएको छ ।

सदस्य हरुमा कस्तुरी बहुउद्देश्यीय सहकारी का लोकेश पुन, सौगात बहुउद्देश्यीय सहकारीकी लक्ष्मी शर्मा, गोर्खा भुपु सैनिक साकोस का शिव खड्का, विश्वामित्र साकोस की सरस्वती बानिया चयन हुनुभएको सचिव नेत्रराज सुबेदीले बताउनुभयो । सहकारीहरुको संस्थागत बिकास, सहकारी अभियानका नेतृत्वहरुलाई सहयोग गर्ने र सहकारीका प्रवन्धकहरुको नेतृत्व तथा क्षमता बिकास गर्ने उद्देश्यले क्लव गठन गरिएको संयोजनकर्ता राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङले जनाएको छ।

Leave a Reply