नेपाल कम्यूनिष्ट पार्टी एमाले म्याग्दीको शनिबारदेखि हुने वडा र पालिका अधिवेशन रौनक बढेको छ। एमाले म्याग्दीमा कात्तिक ६, ७ र ८ गते वडा र ९ गते पालिकास्तरको अधिवेशनको मिति तोकेपछि स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरुमा आगामी नेतृत्वको लागी बहस, छलफल सुरु भएको छ ।   शुक्रबार पत्रकार सम्मेलन गरी एमाले म्याग्दीले तीन दिनमा जिल्लाको ६ स्थानीय तहमा रहेका ४५ वटै वडामा वडा अधिवेशन गर्ने कार्यतालिका रहेको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिब, दुई सहसचिब सहित ३१ सदस्यीय वडा कमिटी निर्वाचित हुनेछन् ।              त्यसैगरि पालिका स्तरको कमिटीमा ५ पदाधिकारी सहित ७५ जनासम्मको कमिटी चयन हुनेछ । एमाले म्याग्दीको ३ हजार एक सय पार्टी सदस्यहरुले अधिवेशनमा भाग लिनेछन् । वडा र पालिका अधिवेशनलाई सफल बनाउन जिल्ला सचिबालय बैठकले जिल्ला स्तरका नेता हरुलाई वडा र पालिका अधिवेशनमा जिम्मेवारी सहित निर्वाचन अधिकृतको रुपमा खटाउने निणर्य गरेको जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । एमाले म्याग्दीका अनुसार, ९ गते बेनी नगरपालिका सहित चार गाउँपालिकाको अधिवेशन हुने र अन्नपूणर् गाउँपालिकाको अधिवेशनको समय तालिका भने फेरबदल हुनसक्ने जनाइएको छ ।

Leave a Reply