म्याग्दीको बेनी नगरपालिका-५ पुलाचौर उपल्लाचौरमा एक विवाहित २७ वर्षीया एक महिला सामुहिक बलात्कारको सिकार भएको भन्दै उजुरी परेको छ ।

पति विदेश रहेको र छोराछोरीसँग सुतिरहेको अवस्थामा गत कात्तिक २ गते राती स्थानीय तीन किशोरले महिलाको घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा बिहीबार जाहेरी दिएकी छन् । मदिरामा लठ्ठ भएका युवाले महिलालाई आर्थिक प्रलोभन र विभिन्न धम्मी देखाएर पालैपालो जवरजस्ती गरेको पीडित महिलाको भनाई छ । घरमा सुतिरहेका बलात्कृत महिलाका छोराछोरीले थाहा नपाउन भनेर मुखमा कपडा कोचिदिएर सामुहिक रुपमा बलात्कार गरिएको बताइएको छ ।

गाउँमा मदिरा सेवन गरी सधै होहल्ला गर्ने, धम्की दिने गरेका एक बानियाँ र दुई दलित यूवा घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी श्यामकुमार राईले बताए । उनका अनुसार जाहेरीपछि घटनामा संलग्नको खोजीकार्यमा प्रहरी परिचालन गरिएको छ । ‘घटनामा संलग्नलाई कानुनी कारवाहीको तयारी भइरहेको छ, कुनैपनि हालतमा अपराधीले उन्मुक्ती पाउने छैनन’ प्रनाउ राईले बेनीअनलाइनलाई भने ।

उनले घटनामा संलग्नलाई पुलाचौर आसपासका जंगल सहित छिमेकी गाउँसम्म प्रहरी परिचालन गरिएको छ । घटनामा संलग्नलाई जोगाउने प्रयास समेत गरिएको भन्दै दलित अधिकारकर्मीले चासो देखाएका छन् । पीडित महिलाको बेनी अस्पतालमा स्वास्थ्य परीक्षण भइसकेको छ । प्रहरीले घटनामा संलग्नलाई जर्बजस्तीकरणी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । नेपालको मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका व्यक्ति बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने ब्यवस्था छ ।

कसरी भयो घटना
मध्यरातमा सुतिरहेकी महिलासँग आरोपी यूवाहरु यसअगाडी समेत आँखा लगाउने गरेको बताइएको छ । घटना भएको दिन राती मदिरा सेवन गरी घरभित्र प्रवेश गरेपछि महिलाकी छोराले निगरानी गरेका थिए । महिलालाई जवरजस्ती गरेपछि छोराले प्रहरीलाई खवर गरेपछि घटना सार्वजनिक भएको थियो । कात्तिक २ गते घटेको घटनालाई गाउँका महिरा सेवन गरी होहल्ला गरेको भन्दै लुकाउने प्रयास गरिएपनि पीडित महिलाका छोराले आफन्तसँग गुहार मागेका थिए ।

महिलाका श्रीमान विदेश भएको अवस्थामा गाउँमा अराजक गतिविधिबाट परिवार र आफन्तलाई समेत आजित पादैं आएका बानियाँ थरका यूवाको अगुवाईमा उक्त घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटनालाई कमजोर बनाउने प्रयास समेत भएको बताइएको छ । पीडित महिलालाई आर्थिक प्रलोभनमा अदालतमा पुगेपनि बयान परिवर्तन गर्न र सकेसम्म मुद्धा कमजोर बनाउन आफुँ अनुकुलका कानुन ब्यवसायीसँग समेत परामर्श लिइएको भन्दै दोषीलाई हदैसम्मको सजायको माग अधिकारकर्मीले गरेका छन् ।

 

Leave a Reply