तिलु शर्मा पौडेल / नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडा स्तरका अधिवेशन भई रहेका छन् । वडा अधिवेशन अन्तर्गत म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्बर २ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशन मार्फत ध्रुव सुबेदीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन भएको छ । नव निर्वाचित कमिटीको उपाध्यक्ष बालकृष्ण खत्री, उपसचिव मन बहादुर कार्की र रसिला परियार तथा सचिव अमृत भण्डारी रहेका छन्।

त्यस्तै सदस्यहरूमा भेष बहादुर भण्डारी, कृष्ण केसी, मित्रलाल शर्मा, लक्ष्मी कार्की, रमेश परियार, मनोज खत्री, कला केसी, लीला भण्डारी, सन्तु भण्डारी, सुशीला केसी, ज्ञान बहादुर कार्की, विष्णु खत्री, भीम बहादुर कार्की, सुगम खत्री, मनोज दर्जी, गोपाल परियार, सुमन परियार, तोरण बहादुर केसी, रबी खत्री, भगवान् कटुवाल, अमर दर्जी लगायतका रहेका छन् । स्थानीय भगवतीस्थित वडाको सभा हलमा कमिटीका अध्यक्ष ध्रुव सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले ३ वटा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व नयाँ कमिटीको रहेको बताएका थिए ।

No description available.

वडा कमिटीमा छुटेका प्रतिभावान् कमरेडहरूको लागि गाउँपालिकामा स्थान रहेको हुँदा पार्टीमा गरेको योगदानको अवमूल्यन नहुने बताएका थिए । अधिवेशनमा पालिका कमिटी सचिवालय सदस्य झलक आचार्यले स्वागत मन्तव्य राखेका थिए भने नवनिर्वाचित कमिटीलाई जिल्ला कमिटीका उपाध्यक्ष देवेन्द्र कटुवालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

No description available.

एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा आगामी मङ्सिर १० देखि १२ गतेसम्म सम्पन्न हुँदैछ ।

Leave a Reply