नेपाल कम्युनिष्ट पार्टी (एमाले)को  म्याग्दीले  २५ वटा वडाहरुको नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ।

प्रथम वडा अधिवेशनबाट बेनी नगरपालिकाको रत्नेचौरमा टेकबहादुर थापामगर, ज्यामरुककोटमा दिलबहादुर घिमिरे, भकिम्लीमा गेमबहादुर घर्तीमगर, सिङ्गामा गोविन्दप्रसाद पौडेल, पुलाचौरमा दिनेश कार्की, अर्थुङ्गेमा गणेशबहादुर बानियाँ, बेनी ७ मा रमेश फगामी, बेनी ८ मा ठाकुरप्रसाद शर्मा, घतानमा बाबुराम चोखाल र पात्लेखेतमा कृष्णबहादुर मल्ल वडा कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

यसैगरी रघुगंगाको राखु भगवतीमा धुर्व सुवेदी, पिप्लेमा सुमन पौडेल र पाखापानीमा ट प्रसाद शेरपुन्जा वडा कमिटीको अध्यक्ष चयन भएको एमाले म्याग्दीले जानकारी दिएको छ । त्यसैगरी मंगला गाउँपालिकाको कुहुँमा एकजित रोका, बाबियाचौरमा जीवन कार्की र अर्मनमा कृष्ण छन्त्याल अध्यक्षमा चयन भएका छन् ।

मालिका गाउँपालिकाको निस्कोटमा यामबहादुर पुन, मालिका–३, रुममा बलबहादुर बुढा, ओखरबोटमा गोविन्द कँडेल, दरबाङमा तारामान रोका र विममा टुकलाल चोचाङ्गी सर्वसम्मत अध्यक्षमा चयन भएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै अन्नपूर्ण गाउँपालिकाको घारमा भक्तबहादुर खड्का, धवलागिरिको मुनामा विष्णु भण्डारी, मुदीमा गणेश घर्ती र ताकममा कलानिधि सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएको उहाँले बताउनुभयो ।

Leave a Reply