भोजभतेर र रंगरमाइलो गरेर जन्मदिन मनाउने आधुनिक चलन विपरित म्याग्दीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा चौतारी निर्माण गरी जन्मदिन मनाउनुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका भीमबहादुर रिजाल (राजु) ले आफ्ना स्वर्गिय बुबा कुलबहादुर रिजालको स्मरणमा बगरफाँट कोटखोलाको दोबाटोमा बरपिपल सारेर घुमाउने चौतारी निर्माण गरेर जन्मदिन मनाउनुभएको हो ।
“जन्मदिनमा साथीहरु बोलाउने,पार्टी गर्ने,अनावश्यक खर्च गरेर क्षणिक रमाइलो गर्नुभन्दा पछिसम्म सम्झना हुनेखालको सानै काम भए पनि गर्न उपयुक्त देखेर मलाई जन्मदिने बुबाको स्मरणमा चौतारी निर्माण गरेको हुँ”रिजालले भन्नुभयो ।
चौतारी निर्माणका लागि आफ्ना छोराहरु सहित अन्य दुई जना सिपालु कामदारहरु तीन दिनसम्म खटेको उहाँले बताउनुभयो ।
सार्वजनिक स्थलमा निर्माण गरिएको सो चौतारीले बटुवा,सर्वसाधारण र विद्यार्थीहरुलाई निकै सुविधा पुग्ने स्थानीय क्षेत्रबहादुर कटुवालले बताउनुभयो ।
जन्मदिन,आफ्ना पितृहरुको श्राद्धको दिन र अन्य कुनै मांगलिक अवसरमा अनुत्पादक काममा धेरै रकम खर्च गर्नुभन्दा यस्तो परोपकारी र सामाजिक कार्यमा खर्च गर्दा सवैलाई सुविधा पुग्ने कटुवालले बताउनुभयो ।
पछिल्लो समय म्याग्दीमा बर पिपल रोप्ने,चौतारी पोखरी बनाउने,जन्मदिन वा मांगलिक कार्य गर्दा दुःखी,गरिब र असहायहरुलाई सहयोग गर्ने परम्परा विकसित हुँदै गएको र यस्ता कार्य समाजोपयोगी तथा उदाहरणीय हुने स्थानीय बुद्धिजीविहरुले बताएका छन

Leave a Reply