म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर उपल्लाचौरमा सामुहिक बलात्कारको सिकार भएकी एक विवाहित २७ वर्षीया एक महिलाले बलात्कार गर्नेमाथि प्रहरीमा जायरी दर्ता भएपछि मुद्दा मिलाउन चलखेल सुरु भएको छ । सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरुकै उपस्थितिमा पीडित युवतीको परिवारबिच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास समेत भएको हो ।

पति विदेश रहेको र छोराछोरीसँग सुतिरहेको अवस्थामा गत कात्तिक २ गते राती स्थानीय तीन किशोरले महिलाको घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेको घटनालाई गाउँमै लुकाउने प्रयास असफल भएपछि प्रहरी र मुद्धामा प्रवेश गरे अदालतमै बयान फेर्न पीडित महिलालाई दबाब दिन थालिएको पिडित पक्षले गुनासो गरेका छन् । आरोपीका आफन्त, छिमेकी र राजनीतिक दबाबमा मिलापत्र कागजका लागि पटकपटक दबाब दिइएको भन्दै प्रत्यक्षदर्शीको भनाइ छ ।

बलात्कार घटनाको अनुसन्धान भइरहेकै समयमा आरोपीका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र मुद्धा अदालतसमक्ष पुगेमा बयान समेत फेर्न बारम्बार दबाब दिइरहेका छन् । स्रोतका अनुसार घटनाको पहिलो दिन १० हजार रुपैयाँबाट सुरु भएकोमा अहिले पीडित महिला र उनका आफन्तको हैसियत अनुसार दिन सकिने भन्दै घटनालाई कमजोर बनाउने प्रयास भइरहेको अधिकारकर्मीको भनाई छ ।

आफूलाई बलात्कार गरेको भन्दै मुद्दा दर्ता गराएर बयान दिएकी महिलाको मुद्धा प्रहरीले दर्ता गर्ने सुईको पाएपछि जिल्ला अदालत म्याग्दीमा बकपत्र गर्ने वेला पीडित महिलालाई आफ्नो जायरीको विपक्ष अर्थात आफूविरुद्ध बयान दिने वातावरण बनाउन समेत एक समुह सक्रिय भएको बताइएको छ । घरमा एक छोरा र एक छोरीसँगै सुतिरहेको अवस्थामा झ्यालबाट छिरेर तीनजनाले डरधम्की देखाएर बलात्कार गरेको पीडितका छोराको भनाई उद्धित गर्दैं एक स्थानीयले बताए

महिलाको बेनी अस्पतालमा भएको भौतिक परीक्षण प्रमाण प्रतिवेदन समेत यौनजन्य गतिविधिलाई बल पुग्ने देखिएकाले अदालतमा सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेर्नका दवाव दिएपनि जबर्जस्ती करणी भएको भनी दिएको जायरी र प्रहरीको अनुसन्धानका क्रममा पनि सोही दोहोराएको प्रमाण, भौतिक परीक्षण प्रतिवेदन, अदालतले बयान र कानुनलाई आधार मानेर फैसला हुने कानुनका जानकारहरु बताउँछन् ।

यता पीडित पक्षको किटानी जाहेरीका आधारमा संलग्नको खोजीमा जुटेको प्रहरीको अनुसन्धानलाई नै प्रभावित बनाउने प्रयास भइहेको भन्दै अधिकारकर्मीले समेत निस्पक्ष छानविनको माग गरेको छन् । पीडित महिलाका छोराले प्रत्यक्ष देखेपछि घटना बाहिर आएको थियो ।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत घटनामा संलग्न भएका तीन यूवा बिरुद्ध अदालतमा मुद्दा दायरको तयारी गरेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी श्यामकुमार राईले बताए । उनले गाउँमा मदिरा सेवन गरी सधै होहल्ला गर्ने, धम्की दिने गरेका एक बानियाँ र दुई दलित यूवा घटनामा संलग्न रहेको बताए । उनले अपराधीलाई उम्कन नदिने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए । नेपालको मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका व्यक्ति बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने ब्यवस्था छ ।

Leave a Reply