म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका नवनिर्वाचित अध्यक्ष अमर छन्त्यालले म्याग्दीको हितमा रहेर मोनाका अभियानलाई अघि बढाउने बताएका छन् । मोनाको चौथो महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएपछि छन्त्यालले आइतवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा प्रवासी म्याग्देलीको भावना, आवश्यकता र जिल्लाबासीको चाहना अनुसारको कार्यक्रम ल्याउने बताए ।  ‘प्रवासीको पसिनालाई जन्मभूमिको हितमा प्रयोग गछौ,‘कर्मभूमिबाट जन्मभूमिमा हुने हरेक गतिविधिमा हातमा हात मिलाउँछौ’ अध्यक्ष छन्त्यालले भने ।

प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गराउन मोनाको अवधारणाले महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्लामा प्रवासीको ज्ञान, शिप र पुँजी भित्र्याउनका लागि मोनाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘‘प्रवासी म्याग्देलीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई जिल्लाको विकासमा परिचालन गर्न आबश्यक देखिएको बताउँदै कर्मभूमिबाट फर्किएकालाई साथमा लिएर काम गर्ने बताए ।

उनले प्रवासबाट पूँजी र सिप भित्राउने र जिल्लामा उत्पादित अर्गानिक बस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा लैजान आवश्यक सहयोगी भूमिका खेल्ने बताए । उनले हालसम्म प्रवासीबाट जिल्लामा धेरै विकास तथा सामाजिक अभियानहरुमा देखिने गरी लगानी भएको बताए बताउँदै विभिन्न मुलुकमा पुगेका र मोनाको सञ्जालमा नजोडिएका म्याग्देलहिरुलाई समेत मोनामा आवद्ध गर्ने र राष्ट्रिय कार्यकारी समितिको सञ्जाल विस्तारलाई समेत प्राथमिकतामा राखेको बताए । चौँथो अधिवेशनमा देखिएका केही तिक्तताहरुलाई पनि तत्कालै मिलाएर लैजाने समेत छन्त्यालको भनाई छ । हालसम्म मोनाले गरेको सहयोग तथा गतिविधिलाई समेत सचिवालयमार्फत थप ब्यवस्थित बनाउने उनले बताए ।

उनले पत्रकार महासंघ म्याग्दी संग समन्वय गरि जिल्लामा क्रियाशिल पत्रकारहरुलाई हित हुने गरि कुनै एउटा कोष स्थापना गर्नका लागि कार्य समितिमा छलफल गर्ने पनि बताए । म्याग्दी समाज अमेरिकाका पूर्व अध्यक्ष र एनआरएनए अमेरिकाका पुर्व बोर्डअफ डाइरेक्टर समेत रहेका छन्त्यालले त्यहाँ गरेका कामहरुको अनुभवलाई समेत मोनाको सामाजिक कार्य र संस्थागत विकासको कार्यहरुमा उपयोग गर्ने बताए । जिल्लाको अति विकट धवलागिरी गाउँपालिका वडा नं १ गूर्जाका छन्त्यालले गूर्जामा विभिन्न सहयोग गरेका छन् ।

Leave a Reply