जनपत्रकार संगठन नेपाल म्याग्दीको अध्यक्षमा बादल शाही

0

नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट जनपत्रकार संगठन नेपाल म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आइतबार बेनिमा सम्पन्न भेलाले भेलाले बादल शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा मनिसा परीयार, सचिवमा मिलन बोहोरा, सह सचिवमा बिशाल परियार, कोषाध्यक्षमा अनिता र अन्य सदस्यहरुमा दल प्रसाद तिलिजा, सुमन थापा, बिक्रम बिहोरा, मिडियाना बिस्वकर्मा, सपना मगर, र कृष्ण राज पौडेल रहनुभएको छ । त्यस्तै ध्रुवलाल शर्मा समितिको सल्लाहकारमा चयन हुनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं म्याग्दी र बागलुङ जिल्ला इन्चार्ज बिप्लवको प्रमुख आतिथ्यमा सुरु भएको भेलामा जनपत्रकार संगठन नेपालको राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यद्वय रमाकान्त बास्तोला र केबी गाउँलेको विशेष उपस्तिथि रहेको थियो भने कार्यक्रममा वरिष्ठ लेखक, साहित्यकार, तथा लेखक संघका प्रादेशिक सदस्य धुर्ब्रलाल शर्माको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply