खेलमा आफ्नो देशको टिमले जित्दा फ्यानहरु उत्साहित हुनु स्वभाविक नै हो । तर, भारतीय फ्यानहरु यस मामिलामा बढी नै उग्र छन् । जित्दा खुसी हुने मात्रै होइन उनीहरु आफ्ना खेलाडीले हारे भने खेलाडीलाई तथानाम गाली गर्नेदेखि आक्रमण गर्न पनि पछि पर्दैनन् । यस्ता घटनाहरु विगतका दिनमा धेरै पटक देखिएको हो । र, यस्तै घटना सोमबार फेरि दोहोरियो ।

भारतले पाकिस्तानसँग हारेपछि भारतीय टिमका तीब्र गतिका बलर मोहम्मद शमीमाथि लगातार साम्प्रदायिक आक्रमण सुरु भयो । उनलाई तथानाम गाली गरियो र भारतीय उग्र फ्यानहरुले उनलाई ‘पाकिस्तानी गद्दार’ भन्दै गाली गरे । उनको प्रदर्शनलाई धर्मसँग जोडियो, उनी मुस्लिम भएकै कारण उनीमाथि अभद्र टिप्पणी गरियो र निकै अपमानजनक गाली गरियो ।

कोलकातामा न्यूजिल्याण्डविरुद्ध भारतको टेस्ट ३० सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म भएको थियो । यो खेल चलिरहँदा शमीकी १४ महिनाकी छोरी आइसीयुमा भर्ना भएकी थिइन् । खेलको दोस्रो दिन शमीकी छोरी आयरालाई अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो । दोस्रो दिनको खेल सकिएपछि शमीले छोरीलाई अस्पताल भर्ना गरिएको थाहा पाएका थिए ।

शमीले खेल बीचमा छोडेनन् । शमी हरेक दिन खेल सकिएपछि बेलुका छोरीलाई भेट्न जान्थे । रातभरी छोरीलाई कुरेर बस्थे । भोलिपल्ट बिहान खेल्नको लागि इडन गार्डेन पुग्थे । लजालु स्वभावका शमीले छोरीलाई भर्ना गरिएकोबारे कप्तान विराट कोहलीलाई पनि बताएका थिएनन् ।

यो टेस्ट भारतले १७८ रनले जित्यो । भारतले यो सिरिज जितेपछि आइसीसी बरियतामा शीर्ष स्थानमा पुगेको थियो । यो टेस्टमा शमीले ६ विकेट लिएका थिए । यसअछि र्को टेस्ट इन्दौरमा भयो । इन्दौरको टेस्ट सकिएपछि कप्तान विराट कोहलीले आफूलाई शमीले छोरी बिरामी भएको कुरा नबताएको खुलासा गरेका थिए । Source Dcnepal.com

Leave a Reply