नेकपा एमालेको मंगलबारदेखि शुरु भएको पालिका अधिबेशनअन्र्तगत म्याग्दीको मालिका गाउँपालिकामा बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

अधिवेशनबाट ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी सन्तोष, उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर बोहोरा चयन हुनुभएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले बेनीअनलाइनलाई जानकारी दिनुभयो । अध्यक्ष गर्बुजा गएको स्थानीय तहमा गाउँपालिकाको अध्यक्षका उम्मेदवार तथा पार्टीको पालिकाको नेतृत्वमा थिए ।

राजीनितिक सँगै शिक्षण र कृषि क्षेत्रमा सक्रिय गर्बुजाले आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा पार्टीको बिजय हुने गरी योजनाबद्ध तरिकाले अगाडी बढ्ने बताउनुभयो । अधिवेशनबाट निर्वाचितलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य नवराज शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । यता रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ५८ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन हुनुभएको जनाइएको छ । अध्यक्ष कार्की यसअगाडी समेत पार्टीको गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । सहकारी संघ म्याग्दीका अध्यक्ष सहित विभिन्न क्षेत्रमा सक्रिय रहनुभएका कार्कीले गाउँपालिकामा विपक्षीको पकटलाई कमजोर बनाउने गरी संगठनको गतिविधिलाई तिब्रता दिने प्रतिबद्धता जनाउनुभएको छ ।

निर्बाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका संयोजक नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिव सुवेदी, जिल्ला सदस्य एवं अध्यक्ष मण्डलका सदस्यहरु तर्क बहादुर केसी, खिम शाही र ओम कुमार शेरपुन्जाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।जिल्लाको मंगला, धवलागिरी, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा नेतृत्व चयनको प्रयास भैरहेको छ । गाउँपालिकाको नेतृत्व सम्हालेकालाई आगामी स्थानीय तहमा पालिका अध्यक्षको उम्मेदवारको रुपमा समेत हेरिएको छ ।

Leave a Reply