बेनी नगरपालिका-४, बास्कुनामा कमली सुन्तला निर्यात सुरू भएको छ । सुन्तला उत्पादनको सिजन अगाडी नै बास्कुनाका केही कृषकले बजारमा ताजा सुन्तला बिक्री गर्ने उद्देश्यले कमली गरिएको १८ सय केजी सुन्तला सदरमुकमा बेनी सहित पोखरा लगायतको बजारमा बिक्री गरेका छन् ।

बजारमा अत्याधिक माग रहेको सुन्तलाको नियमित सिजन अगाडी र्नै उत्पादनमा जोड दिएका स्थानीय अगुवा कृषकले प्रति केजी ९५ र १ सय रुपैयाँ पर्ने गरी बजारमा बिक्री गरेको बास्कुनाका कृषक सन्दिप केसीले बताउनुभयो । ‘कमली सुन्तलाको स्वादिलोसँगै बजारमा अत्याधिक माग छ,‘मुल्य र बजारको समस्या छैन’ कृषक केसीले भन्नुभयो । बास्कुनाबाट केसी सहित अगुवा कृषक भिम थापा, रुपा गुरुङ, दल बहादुर कार्कीको बगैजाबाटै बिक्री भएको छ ।

कमली सुन्तलाको पोखरामा प्रति केजी १ सय ५० र काठमाण्डौमा १ सय ८० रुपैयाँसम्म पर्छ । मंगलबार मात्रै बास्कुनाबाट करिब १ लाख २० हजारको सुन्तला बिक्री भएको छ । माउ विरुवाका हाँगालाई तीनपात्रे सुन्तला (वन सुन्तला) मा कलमी गर्न सकिन्छ । तीनपात्रे सुन्तलाको मुनालाई कैँचीले काटेर बीच भागमा चिरेर माउ सुन्तलाको हाँगा हाली प्लास्टिक टेपले बाध्नुपर्छ । विशेष गरी कलमीले छिटो उत्पादन दिने हुँदा आम्दानी समेत छिटो लिन सकिने हुन्छ ।

त्यसैले कलमीको विरुवाको सुन्तलाको पकेट क्षेत्रमा अत्याधिक छ । सुन्तलाका अगुवा कृषकका अनुसार कलमी गरेको स्थानमा जरा हटाउनुपर्छ भने नियमित उत्पादन हुने भन्दा मलजल सहित धेरै समय दिनुपर्छ । सुन्तला दानाबाट हुर्काइएका विरुवाबाट ५ वर्षमा मात्रा फल लाग्ने हुँदा विजुभन्दा कलमी विरुवामा किसानको आकर्षण बढ्दो छ । जिल्ला भित्र चिस्यान केन्द्र नहुँदा किसानले वास्तविक मूल्य नपाउने र भारतबाट समेत बेनीबजारसम्म सुन्तला आयात हुने गरेको छ ।

Leave a Reply