नेकपा एमाले म्याग्दीको प्रथम पालिका अधिवेशनबाट चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । मंगलवारदेखि सुरु भएको पालिका अधिवेशन अन्तर्गत धवलागिरि र मंगला गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो । मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उपसचिबमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित हुनुभएको छ । अध्यक्ष रोका गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ । शिक्षण, ब्यवसाय हुदै राजनीतिमा सक्रिय हुनुभएका रोकालाई आगामी गाउँपालिकाको निर्वाचनमा समेत अध्यक्षमा पार्टीले अगाडी सार्ने चर्चासँगै पार्टीको पालिकास्तरीय जिम्मेबारी समेत दिएको छ ।

त्यसैगरि धौलागिरि गाउँपालिका कमिटीको प्रथम अधिवेशनबाट होम बहादुर थापाको अध्यक्षमा ५१ सदस्यीय कमिटी सर्बसम्मत निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा राजाराम सुबेदि,सचिबमा रेशम छन्त्याल, उप सचीवहरुमा बिजय घर्ती र तिलक पुनलाई चयन गरिएको छ । अध्यक्ष थापा समेत एमालेको पुरानो नेता हुनुहुन्छ । नेकपा हुदाँ विभाजित भएको पार्टीभित्र थापाले केपी ओलीको समुहबाट माधब समुहको कडा प्रतिवाद गनुहुन्थ्यो ।

एमालेको रघुगंगा गाउँपालिकामा दिपक काकी र मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजाको नेतृत्वमा मंगलबार नै टुंगो लागेको छ भने बेनी नगरपालिकामा भने नेतृत्वको लागी दाबि पेश गरेका तीन जनाबिचमा सहमती हुन नसकेपछि बुधवार सम्मका लागी अधिवेशन स्थगीत गरिएको छ । बेनी नगर कमिटिको अध्यक्षका लागि नारायण जिसी, चन्द्र कुमार केसी र राजकुमार थापाले दावी गर्नु भएको छ । अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष उपचारको क्रममा काठमाण्डौ रहेकाले अधिवेशनको मिति तय नभएको जनाइएको छ । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा अहिलेसम्म एमालेको ४२ वटा वडा र चार गाउँपालिकामा नेतृत्व चयन भएको छ ।

Leave a Reply