गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न बिहिबार देखि दैनिक १० घण्टा बन्द गरिएको छ । नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि आज बिहिबारदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारीसाधन बन्द र काम गर्ने गरी विहान र दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रेष विज्ञप्ति, म्याग्दी।

सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एक साथ आवतजावत गर्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ ।

त्यस्तै बेलुकी ७ बजेदेखि विहान ७ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म बाटो खुल्ला रहने छ ।उक्त समयमा ठूला सवारीसाधनलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारीबाट गन्तब्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताए। काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । हरेकबर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम समेत गर्ने गरिन्छ ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तिब्र गतिमा अगाडी बढेको छ। झण्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण शुरु भएको हो ।

Leave a Reply