म्याग्दीमा रहेर नेपाली लोकसंगितको सिर्जनामा सक्रिय नकुल ढकालले “दोहोरीको राजा” गित सार्वजनिक गरेका छन । नेपाली लोकसंगितमा फरक शैलीका गित प्रस्तुत गर्ने ढकालले यसपटक पुरानो बाईसे चौबिसे राज्यताका दरबारभित्र हुने सांगितिक माहोललाई दृश्यमा उतारेका छन ।

बिहिबार सार्वजनिक भएको  लोक शैलिमा आधारित गितिकथा जस्तो लाग्ने दोहोरीको राजालाई युटयुबका दर्शकमार्फत राम्रो प्रतिक्रिया मिलेको छ । पुराना मौलिक भाकामा आधारित गीतमा अञ्जली अधिकारी, लोमुस शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतको अभिनयले दर्शकको मन जितेको छ । गीतमा स्वर चर्चित लोकगायक पशुपति शर्मा र लक्ष्मी मल्लको छ ।

नकुल ढकालले यसअघि पनि यस्तै फरक स्वाद पस्कने खालका दर्जन बढि नेपाली लोक संस्कृतिमा आधारित गितहरु सार्वजनिक गरिसकेका छन । ढकालका गितहरुले सङ्ख्यात्मक हिसाबले धेरै दर्शक बटुल्न नसकेपनि गुणात्मक हिसाबले फरक स्वाद शैलिका कारण नेपाली गितसंगितको क्षेत्रमा भिन्दै पहिचान दिदै आएको छ ।

हेर्नुहोस भिडियो

 

Leave a Reply