अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

स्वाँतभीरको सुख्खा पहिरोले पदैलमार्ग अवरुद्ध

On: October 29, 2021 9:45 AM
Follow Us:

बेनी नगरपालिका-४, स्वाँतभीरमा सुख्खा पहिरो खसेपछि पैदलमार्ग अवरुद्ध भएको छ । गएरातीदेखि लगातार खसिरहेको पहिरोले बेनी नगरपालिका, मंगला गाउँपालिका र छिमेकी बागलुङको काठेखोला गाउँपालिकाबाट पदैलमार्ग हुनै आउजाउ गर्ने सर्वसाधारण प्रभावित भएका छन् ।

सुख्खा पहिरोका कारण पैदलमार्ग हुनै प्राकृतिक उपचार केन्द्र सिंगा तातोपानी जाने सर्वसाधारणलाई बैकल्पिक मार्गबाट आवतजावत गर्न अनुरोध गरिएको थामडाँडाका स्थानीय अगुवा राजु गुरुङले बेनीअनलाइनलाई बताउनुभयो ।

‘निरन्तर पहिरो खसिरहेको छ,तत्काल मर्मतको सम्भावना छैन’ गुरूङले भन्नुभयो । पहिरोले पदैलमार्ग छियाछिया पारेकाले जोखिम बढेको उनले बताए । पहिरो आसपासमा बस्ती भने छैन् । उक्त पैदलमार्गबाट आसपासका क्षेत्रमा धेरै प्रयोग हुने भएकाले तत्काल बैकल्पिक वा मर्मतमा चासो दिन स्थानीयबासीले सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।