बेनी नगरपालिका-५ की २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत भएकी एक महिलाले न्यायको याचना गरेकी छन् । कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको किटानी जाहेरी दिएको हप्तादिन वितिसक्दा समेत आफ्नो अस्मिता लुट्ने पक्राउ नपरेको भन्दै पीडित महिला यस्तै अवस्थामा घर फर्किन नसक्ने भन्दै न्यायका लागी अपिल गरेकी छन् ।

पीडित महिलाले राति स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोका ढकढक्याउँदै सहयोग मागेजस्तै गरी पालैपालो बलात्कार गरेको बताईन्। ‘मैले घरभित्र प्रवेश गर्न नदिएपछि एक्कासि झ्याल फोडेर भित्र पसेर छोराछोरीलाई कुटपिट गरे अनि मलाई पालैपालो बलात्कार गरे । होहल्ला गर्छ भनेर मेरो मुखमा समेत कपडा राखिदिए, हल्ला गरे घर नै जलाइदिने धम्की दिएपछि मैले बाध्य भएर उनीहरूको प्रतिवाद गर्न सकिँन’ महिलाले भनिन् ।

घटनाको दुईदिन सम्म महिलालाई पीडकका आफन्तले अघोषित रुपमा गाउँबाट बेनीसम्म आउन समेत नदिएको समेत महिलाको भनाई छ । घटनाको दुई दिनपछि कात्तिक ४ मा प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै घटना सार्वजनिक भएको थियो ।

पीडित महिलालाई अहिले सदरमुकाम बेनीबजारमा रहेको हिंसापीडित आश्रममा राखिएको छ । आफूमाथिको अन्यायविरुद्ध लड्न आफैं जागेकी महिलाले घटनाको एक साता वितिसक्दा पनि घटनामा संलग्न पक्राउ नपरेकोमा उनी थप त्रसित भएकी छन् । पीडित महिलाका श्रीमान खाडीमुलुकमा रोजगारीमा संलग्न छन् । पीडित महिलालाई प्रलोभनमा पारी वा डराई, धम्क्याई गरी घटनालाई तोडमोड गर्ने चिनजान, छरछिमेक र आफन्त नै सक्रिय भएको बताइएको छ।

बलात्कार निकृष्ट अपराधलाई पनि सामाजिक प्रतिष्ठा र दबाबका नाममा अभियुक्तहरूलाई सजायको कठघरामा ल्याउन कानुनी प्रक्रिया चाल्नेतिर नभई मिलापत्रमै टुंग्याउन दबाब दिइरहेको अवस्थामा दलित र महिला अधिकारकर्मीले समेत दबाबमुलक कार्यक्रममा खासै चासो दिएका छैनन् । यता फरार आरोपितको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

‘घटनाको अनुसन्धान अगाडी बढिसक्यो, अब आर्थिक सहितको प्रलोभनले मुद्धा कमजोर हुदैन्’ प्रनाउ राईले भने। उनले बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन नदिने समेत बताए । तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेको अवस्थामा फोटो सहित सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरिएको समेत प्रनाउ राईले बताए ।

 

Leave a Reply