म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । जिल्लाका माथिल्लो भेगमा धान, कोदो, मकै, भटमासलगायत बाली भित्र्याउन थालिएको हो । पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानका किसानालाई बाली भित्र्याउने चटारो छ ।

यसपालि बेलैमा र पर्याप्त बर्षा भएका कारण धान उत्पादन बढेको किसानहरुले जानकारी दिएका छन् । म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ । तर धान भित्र्याउने समयमा लगातार पानी पर्दा भने केही क्षति भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ ।

Leave a Reply