बेनी नगरपालिका-६ मा अवस्थित युवा क्लवले आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण शिबिरमा डेढ सयले सेवा लिएका छन् । क्लवको सामाजिक उत्तरदाहित्व अन्तरगत क्लवको खेलमैदानमा आयोजित शिविरमा ब्लड प्रेसर र सुगरको निशुल्क जाँच गरिएको हो ।

बेनी संजिवनी हेल्थ क्लिनिकका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच गरि औसधि बितरण तथा आबश्यक परामर्श दिएको क्लवका अध्यक्ष मिलन जिसीले बताए । ‘गाउँका बृद्धबृद्धालाई निकै सहज भएको छ,‘क्लवको काम खेलकुद गतिविधि मात्रै सञ्चालन गर्ने होईन्, हामीले समुदायको दुखसुखमा साथ पनि दिन्छौ’अध्यक्ष जिसीले भने ।

उनका अनुसार सोही अवसरमा ४० जना जेष्ठ नागरिकहरुलाई जाडोका लागि न्यानो कपडा र हर्लेक्स बितरण गरिएको छ।
शिविर तथा लत्ताकपडा वितरण कार्यक्रमको उद्घाटन गदैं वडा अध्यक्ष कृष्णसिंङ बानियाँले यूवा क्लवमार्फत समुदायमा रचनात्मक कार्यलाई प्रोत्साहन गर्नुपर्ने बताए । ‘यूवाहरू समाजका ऐना हुन्,‘यूवाले सकारात्मक यात्राले समुदायलाई नै सही मार्गमा लैजान्छ’ वडा अध्यक्ष बानियाँले भने ।

उनले यूवा क्लवमार्फत भविस्यमा पनि निरन्तर सक्रियतामा आफ्नो साथ हुने बताए। सोही अवसरमा क्लवले सोमबार देखि सुरु भएको मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत सुरु गरेको छ । आगामी ३ दिन सम्म संचालन हुने कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइने क्लवका वरिष्ठ उपाध्यक्ष सुमन जिसीले बताए । मास्क र स्यानीटाइजरको अनिबार्य प्रयोगलाई अनिवार्य गरिएको छ ।

प्रतियोगितामा पुरुष भलिवल, लठो, अन्धनिसान, भाले छुने लगायतका आर्कषण रहेको छ । त्यस्तै कार्यक्रममा चर्चित लोक दोहोरी गायक प्रकाश दुतराज, गायक एवँ मोडल देबेन्द्र बब्लु, लोक दोहोरी गायक धु्रव जिसी, रवि कार्की, मिलन विश्वकर्मा लगाएतका कलाकारको विशेष सांगीतिक प्रस्तुती रहने छ ।

Leave a Reply