एमाले अन्नपूर्ण गापाको अध्यक्षमा धनकुमार पुर्जा

0

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार पुर्जा चयन भएका छन् । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिवेशनबाट पुर्जाको नेतृत्वमा ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा खमबहादुर गर्वुजा, सचिवमा गंगा पुन, उपसचिवमा राजाराम बरुवाल र सुरेश पुन चयन भएको जिल्ला उपाध्यक्ष देवेन्द्र बहादुर केसीले जानकारी दिए । एमाले म्याग्दीले सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । एमाले बेनी नगर अध्यक्षमा नारायण जिसी, गाउँपालिका अन्तरगत रघुगंगामा दिपक काकी, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका, धवलागिरीमा होमबहादुर थापा अध्यक्षमा सर्वसम्मत भएका छन् ।

Leave a Reply