(फलोअप)
बेनी नगरपालिका-५,की २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत भएकी एक महिलाकी छोराछोरी नियमित विद्यालय जान पाएका छैनन्। बालबच्चाको शिक्षादीक्षासँगै न्यायको चिन्ताले समेत उनलाई पिरोलिरहेको छ।

गएको कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन यूवाले आफ्नो अस्मिता लुट्नेको भन्दै किटानी जाहेरी दिएको करिब दुईसाता वितिसक्दा समेत पक्राउ नपरेको भन्दै पीडित महिला यस्तै अवस्थामा घर फर्किन नसक्ने भन्दै न्यायका लागी अपिल गरेकी छन् ।

मदिरामा लठ्ठ भएका स्थानीय यूवा हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले आर्थिक प्रलोभन र विभिन्न धम्की देखाई मुखमा कपडा कोचिदिएर पालैपालो जवरजस्ती गरेको घटना उनलाई अहिले पनि सपना जस्तै लाग्छ।घटनाको दिन सम्झिदाँ वित्तिकै भक्कानिएर रुन्छिन्, अहिलेसम्म आँखामा आसुँ रोकिएको छैन्।

छोराछोरीकै अगाडी आफ्नो जिन्दगी बर्वाद पार्नेलाई कुनै पनि हालतमा कानुनी कठघरामा उभ्याउनुपर्ने र आफुँले न्याय पाउनुपर्ने उनको माग छ। उनलाई भेट्न जाने र विभिन्न माध्यमबाट कुराकानी गर्ने सबैसँग बलात्कारीलाई कारबाहीको माग गर्दै हारगुहार गरिरहेकी छन् । ‘छोराछोरीलाई कुटपिट गरे,‘योजनाबद्ध तरिकाले आएका रहेछन्, एकपछि अर्को गदैं मलाई बलात्कार गरे’पीडित महिलाले भनिन्। उनले ‘अहिले न्याय पाइदैन कि भन्ने शंका छ’ उनले भनिन् ।

श्रीमान विदेशमा भएको मौका छोपी विगतमा समेत मदिरा सेवन गरी शरीरमा छुन खोज्ने, पैसाको प्रलोभन देखाउने गरेको उनले बताईन् । ‘मेरो श्रीमान विदेश भएकाले उनीहरूले मौका छोपे,‘पैसाको प्रलोभन देखाइरहेका छन्’ उनले भनिन्। बलात्कारमा संलग्न तीनै जना यूवा बिरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि फरार भएका छन्।

घटनाको दुईदिन सम्म महिलालाई पीडकका आफन्तले अघोषित रुपमा गाउँबाट बेनीसम्म आउन समेत नदिएको बताइएको छ । घटनाको पर्सिपल्ट कात्तिक ४ मा प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि फरार आरोपितको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

‘दोषी नउम्कने गरी न्याय स्थापित गराउन अनुसन्धान केन्द्रित गरेका छौं,‘अनुसन्धान अगाडी बढिसक्यो, अब आर्थिक सहितको प्रलोभनले मुद्धा कमजोर हुदैन्’ प्रनाउ राईले भने। उनले बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन नदिने समेत बताए। तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेको अवस्थामा फोटो सहित सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरिएको समेत प्रनाउ राईले बताए । पीडित महिलालाई अहिले सदरमुकाम बेनीबजारमा रहेको हिंसापीडित आश्रममा राखिएको छ ।

छोराछोरीसँगै आश्रममा बसेकी पीडितको अवस्था अहिले समान्य रहेको केन्द्र प्रमुख रञ्जना श्रेष्ठले बताईन् । ‘अहिले हामीसँग पनि घुलमिल हुनुहुन्छ,‘निरन्तर परामर्श दिइरहेका छौ’ प्रमुख श्रेष्ठले भनिन् । उनका अनुसार घटनाको दुई दिन मानसिक रुपमै तनावमा भएपनि अहिले विस्तारै घुलमिल हुने, छोराछोरीसँग समेत निरन्तर गफ गर्ने गरेको बताईन् ।

आफूमाथिको अन्यायविरुद्ध लड्न आफैं जागेकी महिलाले घटनाको एक साता वितिसक्दा पनि सरकारी निकायबाट न्याय पाएकी छैनन् । पीडित महिलाले न्याय नपाई गाउँ फर्केर जान सक्ने अवस्था नरहेको बताउने गरेको केन्द्र प्रमुख श्रेष्ठको भनाई छ ।पीडित महिलालाई परिवारको साथ भएकाले समेत भविस्यमा पुर्नमिलनमा सहज हुने बताइएको छ ।

पीडित महिलालाई प्रलोभनमा पारी वा डराई, धम्क्याई गरी घटनालाई तोडमोड गर्ने चिनजान, छरछिमेक र आफन्त नै सक्रिय भएको बताइएको छ। बलात्कार निकृष्ट अपराधलाई पनि सामाजिक प्रतिष्ठा र दबाबका नाममा अभियुक्तहरूलाई सजायको कठघरामा ल्याउन कानुनी प्रक्रिया चाल्नेतिर नभई मिलापत्रमै टुंग्याउन दबाब दिइरहेको अवस्थामा दलित र महिला अधिकारकर्मीले समेत दबाबमुलक कार्यक्रममा खासै चासो दिएका छैनन् ।

यता आश्रममा बसेपनि अझै सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरुकै उपस्थितिमा पीडित युवतीको परिवारबिच आर्थिक लेनदेनमा मिलापत्रको प्रस्ताव आउने गरेको पीडितको भनाई छ । प्रहरीले कुनैपनि हालतमा मुद्धालाई अगाडी बढाउने भएपछि बलात्कारमा संलग्नका आफन्तले जिल्ला अदालत म्याग्दीमा बकपत्र गर्ने वेला पीडित महिलालाई आफ्नो जायरीको विपक्ष अर्थात आफूविरुद्ध बयान दिने वातावरण बनाउन समेत एक समुह सक्रिय छ ।

Leave a Reply