महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बीमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान यही असोज २ गतेदेखि काभ्रेको धुलिखेलबाट आरम्भ भएको थियो । सोही अभियानअन्तर्गत पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा रहेको किसानी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का ७० जना विद्यार्थीहरुलाई बीमासम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

उक्त कार्यक्रममा बीमा, वित्तीय साक्षरता, आर्थिक मितव्ययीता, युवासँग महालक्ष्मी लाइफ राष्ट्रिय जागरण अभियानको उद्देश्य र जानकारी, बचत तथा सुरक्षालगायत विषयहरुमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा किसानी माविका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले विद्यार्थीहरुलाई लक्षित गरेर बीमा तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गर्नु निकै प्रभावकारी रहेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष हर्कमान जुग्जालीको अध्यक्षता, शिक्षक एवं महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता केशव शर्मा न्युरेको स्वागत र इन्स्योरेन्सको दरबाङ क्षेत्रका कर्मचारी सुनिल पुनको सञ्चालनमा सम्पन्न भएको थियो । बीमासम्बन्धी विभिन्न विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

विद्यालयका प्रअ गर्बुजाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बीमा जागरण राष्ट्रिय अभियानका जिल्ला सदस्य निशा गर्बुजाको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरु शर्मिला पुन, बिमला लामगाडे र कसम सुनारले कार्यक्रमको समीक्षासहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।सोही अवसरमा किसानी प्राविधिक शिक्षालयका ८२ जना विद्यार्थीहरुलाई पनि बीमा तथा वित्तीय साक्षरतासम्बन्धी विषयमा सहजीकरण गरिएको छ ।

युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सञ्चालित कार्यक्रम शिक्षालयका संयोजक करण कँडेलको अध्यक्षता, प्रशिक्षकद्वय टुकमान तोगीको प्रमुख आतिथ्य, प्रसन्न पोखरेलको स्वागत र इन्स्योरेन्सको दरबाङ क्षेत्रका कर्मचारी सुनिल पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गरेको कार्यक्रममा शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु सुस्मिता दर्जी र रेशम पुनले साक्षरता कार्यक्रमको समीक्षासहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply