क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिद्वारा संचालित स्व .हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार रेखाकौशल रेग्मीलाई प्रदान गरिएको छ। गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको हो । विगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील रेग्मी  क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) म्याग्दीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

पुरस्कार चयनका लागि प्रतिभा छनौट समिति गठन गरिएको थियो। अग्रज पत्रकार कृष्ण प्रसाद वास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिले रेग्मीलाई पुरस्कारका लागि सिफारिस गरेको थियो । शिक्षासेवी स्व.हरिश्चन्द्र वाग्लेको स्मृतिमा वाग्ले परिवारद्वारा स्थापना गरिएको पुरस्कारबाट गत वर्ष पोखराका क्रियाशील पत्रकार दुर्गा अधिकारी सम्मानित भईसक्नु भएको छ।

Leave a Reply