म्याग्दीको मंगला गाउँपालिका५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको पछिल्लो जाम भो माइली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत अहिले बालबालिकादेखि वृद्धवृद्धासम्मको जिब्रोमा झुन्डिएको छ । युवापुस्ताले टिकटकमा गीतलाई भाइरल नै बनाएका छन् ।

अहिले सहरबजारदेखि दुर्गम बस्तीसम्म यो गीत गुञ्जिन्छ । युट्युबमा यो गीत साढे ३३ लाखले हेरेका छन् । युवापुस्ताको रोजाइमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ। उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। त्यसैको परिणाम उनका पछिल्ला गीतहरूले युट्युबमा मनग्य कमाइरहेको छ । साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समूहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुन्डिने गरेको छ ।

म्याग्दीमा जन्मिएका दुतराजलेसांगीतिक कार्यक्रममा जानुभन्दा नयाँ रचनालाई बढी प्राथमिकता दिने गर्छन् । सर्जक दुतराज घरका पहिलो सन्तान हुन् । गीत गाउने रहरका बाबजुद पनि परिवारको आर्थिक विपन्नतालाई सम्पन्नतामा ढाल्नुपर्ने जिम्मेवारीका कारण धेरै अगाडि नै उनी दर्शकस्रोताको माझ आउन सकेनन् ।

सांगीतिक क्षेत्रमा दुतराजले गरिबीलाई पन्छाउन हरियो पासपोर्ट समेत बनाए । विदेश जान दिएको पैसा फस्यो तर उनले विदेशको सपनालाई चटक्कै बिर्सिएर नयाँ सोच र सपना बोकेर रित्तो झोला बोकेर गाउँ फर्किए । विदेशमा गएर घरको गरिबीलाई पन्छाउने सपना बोकेका दुतराजले काठमाडौंबाट नेपाली संगीतका पारखीको मन मुटुमा बस्न सफल भएर गायन क्षेत्रमा प्रवेश गरे । दलालसँग पैसा फस्दा दुतराजको सपना नै फेरियो ।

उनले सिर्जना र स्वर भरेको ‘जाम भो माइली’ बजारमा आएको छ। लोक लयमा आधारित उक्त गीतले उनलाई गायन क्षेत्रमा अझै बलियो बनाएको छ । करिब ७ महिनाअघि तयार पारेको उक्त गीतमा गरेको मेहनत अनुसारको नतिजा आएको दुतराजले बताए । उनले आफ्नो गीत चर्चामा आउँदा जन्मभूमीलाई समेत सम्झिने गरेको बताए ।

म्याग्दी ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वले थप अग्रणी भूमिका खेल्ने जिल्ला भएकाले आफुँलाई यहाँबाट धेरै मायामिलेको बताए । ‘अब मैले हरेक सिर्जनालाई धेरै मेहनत गर्नुपर्छ,’ प्रकाशले भने ।

उनले आफ्नो गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृति र सामाजिक सद्भावका लागि भएको बताए । पछिल्ला करिब आधा दर्जनगीतमा आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, अहिले चर्चामा आएको गीत जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ । ‘जाम भो माइली’ मा उनले समाजमा भएको महिला बेचबिखनको विषय उठाएका छन् ।‘आरने’ बोलको गीत ल्याएका थिए । जसमा समाज रहेको छुवाछूत प्रथा र भेदभावको सन्देश प्रशस्तै भेटिन्छ ।

Leave a Reply