नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत म्याग्दीमा तोकिएकै समयमा जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले तोकिएकै समयमा प्रदेश र जिल्ला अधिवेशन गर्ने गरी आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ ।

निर्बाचन अधिकृत निराजनलाल राजभण्डारीको उपस्थितीमा बसेको बैठकले प्रदेश अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर १ गते तोकिएको थियो । बैठकमा पार्टी सभापति खमबहादुर गर्बुजा, पूर्व सभापति रेशमबहादुर बानियाँ, पदाधिकारी सहितको सहभागिता रह ेको थियो ।

प्रदेश र जिल्ला अधिवेशनको तयारीमा कुनै कमी हुन नदिने सहित विभिन्न निर्णय भएको पार्टी सहसचिव भरत रकालले बताए । अधिवेशनको मिति नजिकिएसँगै उम्मेदवारको चहलपहल सुरु भएको छ । पार्टी सभापति गर्बुजा र पूर्व सभापति बानियाँले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने भएका छन् ।

Leave a Reply