बाग्लुङको तमानखोला गाउँपालिका–४, बाट म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर–६ दरबाङतर्फ आउँदै गरेको बोलेरो जिप ओखरबोटमा दुर्घटना भएको छ ।

तमानखोलाबाट दरबाङ तर्फ आउँदै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप सोमबार मंगलबार दिउँसो मालिका गाउँपालिका वडा नम्बर ४, ओखरबोटस्थित सडकमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

जिप दुर्घटनामा सवार ४ जना घाइते भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार घाइते हुने सबै एउटै परिवारका सदस्यहरु रहेका छन् ।

घाइते हुनेमा तमान खोला गाउँपालिका–४ की ७२ वर्षिया पोपसरा बुढा मगर, १३ वर्षिय हेलिस बुढा मगर, २० पर्षिय मिलन बुढा मगर र ४२ बर्षिया टकसरा बुढा मगर रहेको प्रहरी निरीक्षक पौडेलले बताएका छन् ।

४ जनालाई थप उपचारका लागि प्रभु हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ । दिउँसो भिरालो सडकमा ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको थियो । स्थानीयका अनुसार जिपमा चालक सहित करिब ६ देखी ८ जना सवार रहेका उनले जानकारी दिए । अन्यको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

Leave a Reply