नेपाली महिलाहरुको ईतिहास अलि कहालिलाग्दो छ। साच्चै हिजोका ती दिनहरुमा महिलाले कसरी जीवन जिउथे ?त्यो नेपाली समाजको सामाजिक संरचना, सोच, मूल्य र मान्यताहरु सम्झिदा आङ्ग जिरिङ्ग हुन्छ। धेरै कुराहरुमा सामाजिक रुपान्तरण भए पनि आधा जनसन्ख्याको सहभागिता र नेतृत्व बिना देशको बिकास कसरी सम्भब छ ?
यो प्रश्न एक महिलाकर्मिको नाताले जहिले सुकै मनमा उब्जने प्रश्न हो र यसैमा धेरै घोत्लिन मन लाग्छ। महिला माथिको चरम शोषणको पितृसत्तात्मक समाजमा महामानब बिपि कोइरालाले घरमा जादा भाडा आफै माझ्नु हुन्थ्यो, आफ्नो जीवन साथिको कपडा धोइदिनु हुन्थ्यो र खुट्टा माडी दिनु हुन्थ्यो।
यो सानो कुरा हो तर त्यो समाजमा महिला माथिको बिभेदको अन्त्यका लागि ठूलो ब्यबहारिक क्रीया थियो पितृ सत्ताको अन्त्यका लागि । अझै २०१५ को पहिलो आम निर्वाचन पछि मन्त्री मण्डलमा नै स्वास्थ सहायक मन्त्रीमा द्वारिकादेबी ठकुरानिलाई नियुक्ति गर्दा मानिसहरु जिब्रो टोक्थे। यस्तै सोच भएका नेताहरुको बिचारबाट बनेको पार्टी हो नेपाली काङ्रेस। हामी अहिले यहि पार्टीको चौधौ महाधिवेशनमा छौ।
नेपालमा नै सबैभन्दा पहिले महिलाको बर्गिय पक्षमा वकालत गर्नका लागि २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भयो। पार्टी भित्र बाहिर महिलाको पहुच र अधिकारका लागि आफ्नो आवाज बुलन्द गर्दै आएको सङ्गठन हो।
७ दशक लामो इतिहासमा धेरै उतारचढाव आय। प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रहेर महिलाहरुले योगदान दिए। २०५३ सालमा पहिलो पटक देशले शैलजा आचार्यलाई उपप्रधानमन्त्री र पार्टीको उपसभापतिको रुपमा पायो।
चित्रलेखा यादब पार्टीको कोषाध्यक्ष र सन्सदको उप सभामुख बन्नु भयो भने पछि सितादेबी यादब पार्टीको कोषाध्यक्ष । हाल नेपाली काङ्रेसको केन्द्रिय कार्यसमितिमा मुस्किलले २०% महिला हुनुहुन्छ भने जिल्ला कार्यसमितिहरुमा २४% । नेपालको सम्बिधानमा नै हरेक क्षत्रमा महिला सहभागिता ३३% भनेर किटानी गरे पछि भने अहिलेको अधिबेशन नेपाली काङ्रेसका लागि बाध्यकारी ब्यबस्था गर्दै ३३ % महिला हरेक तहमा निर्वाचित गर्नै पर्ने अवस्था छ।
अबको नेपाली काङ्रेसको साङ्गठनिक संम्रचना अनुसार केन्द्रिय कार्य समिती पर्देश कार्य समिती- ७, जिल्ला कार्य समिती -७७ , क्षेत्रीय कार्य समिती -१६५ , प्रदेश स्तरिय क्षेत्रीय कार्य समिती – ३३०, गाउ/ नगर कार्यसमिती -७५३ र वडा कार्य समिती – ७,७४३ वटाको अदिबेशन सप्पन्न भएको छ र हुदैछ पनि। यी सबै समितिहरुमा महिलाहरुको कम्तिमा ३३% सहभागिता भने सुनिश्चित गरिएको छ। के यी मात्र प्रयाप्त हुन त ? पक्कै होइनन। त्यसैले हामी महिलाहरुले अझै थप धेरै कसरत गर्नु पर्ने छ र त्यसका लागि महिला मैत्री नेतृत्व , सोही अनुसारको अध्ययन- कृयाशिलता मार्फत हामिले आफ्नो स्थान पक्का गर्नु पर्ने छ ।
त्यसका लागि के गर्न सकिन्छ त?
१. महिलाहरुका लागि सम्बिधानत ब्यबस्था गरिएको छ। सोही अनुसारको प्रयोग गर्दा जहिले सुकै हामिलाई ” उप” को पद लिनका लागि जबर्जस्त बाध्य पारिन्छ वा प्रमुख पदमा हामी तयार हुदैनौ ।
हामी प्रतिश्पर्धाका लागि तयार हुदैनौ । त्यसैले हामी माहिला नै आफै भिडन तयार हुनुपर्छ र हामिले आट मात्र गर्दा पनि सफलता हाम्रो हातमा छ।
२. हाम्रो न्यून शैक्षिक स्तर छ ।
हामिमा आत्म बिश्वास कम छ , जोखिम लिन सक्ने क्षमताको कमि छ । यो परिधिबाट हामी महिलाहरु बाहिर निस्कनु पर्दछ।
३. हामी महिला जो सङ्ग क्षमता छ, ज्ञान , सीप छ त्यो स्विकार्न सक्दैनन ।
यो अस्वीकार्य पुरुष नेतृत्वबाट हुन्छ या केही पितृसत्तात्मक सोच राख्ने र कोहि अरु महिला अगाडि नजावस भन्ने चेतना बोक्ने महिलाहरु नै पनि हाम्रा लागि अबरोधहरु बनेका छन ती सबैलाई भत्काउदै र कुल्चदै अगाडि बढनु पर्ने आवस्यक छ।
४. पार्टीले हरेक ठाउमा ३३% को सुनिश्चितता त गरेको छ तर घुमाउरो पाराले नेतृत्वमा भने महिलाका लागि स्थान दियिएको छैन। समाबेशी , समानुपातिकको नाउमा साना पद, साना मन्त्रालय आदि मात्र आरक्षण गरिएको वा दियिने गरिन्छ। पार्टीको पदादिकारिहरुमा महिलाका लागि स्थान ग्यारेन्टी गरिएको छैन । पार्टिको कार्य सम्पादन समितिमा महिलाको स्थान छैन । ८ क्लस्टर मध्य १ स्थानमा मात्र सहमहामन्त्रीको पद। यो बदल्नु आवश्यक छ ।
५. समाजका हरेक अबयबहरुमा हाम्रा खुट्टाहरु बाधिएका छन र पनि हामिलाई प्रतिश्पर्धा गर्ने मौका भने छ। देशैभरिबाट ३३% महिलाहरु सबै अधिबेशनका लागि प्रतिनिधिको लागि सुनिश्चित गरिएको छ र पनि आधा जनसन्ख्या महिलाले ३३% मा चित्त बुझाउनु हुदैन।
कम्तिमा हामी ५०% महाधिवेशन प्रतिनिधिका लागि अहिले र महाधिवेशनमा कम्तिमा ५०% सदस्य सहित पदाधिकारीका लागि महिलाले आट गर्नु पर्दछ। अहिले नहरे कहिले गर्ने ? यदि गरेनौ भने भोलिको पिढिले हामिलाई धिक्कार्ने छ।
६. देशै भरी हेर्दा अहिलेका वडा देखि माथिल्लो तहमा भएका अधिबेशनहरुमा पहिलेको तुलनामा केही महिलाको सन्ख्या बढेको छ तर त्यो अप्रयाप्त हो।
धेरै महिलाहरुको नेतृत्व गर्ने आकाङ्क्षालाई त्यही निमोठियो। तिमी महिला कसरी सक्छौ ? हुदैन ?? घरबाट आफ्नो श्रीमानको दबाद,केही पुरुष नेताहरुको दबाब अझै भन्नू पर्दा पुरुषहरुको पछि लागेर नेता भइन्छ भन्ने सोच बोकेका महिला ( पितृसत्ताबादी महिला) को दबाबको कारण दिएको उम्मेद्बारी फिर्ता लिएर महिलाले सक्दैन भन्ने मनोभावना बिकास गराउन खोजियो।
यो प्रवृत्ति बिल्कुल गलत हो र यसले महिला नेतृत्व स्थापित हुन रोकेर मैदानमा आधा जनसन्ख्यामा पार्टीको उपस्थिति कमजोर बनाउदै पार्टी नै जनता सङ्ग जोडन नदिन गरिएका अपबित्र कामहरु हुन। यसको बिरुद्द पार्टी भित्र हामी बोल्न सक्नु पर्दछ र हाम्रो मान्यतालाई स्थापित गराउनु पर्दछ।
कस्तो महिला नेतृत्व स्थापित गर्ने त?
अहिले हेर्दा धेरै महिलाहरु सङ्ग पुरुषको पछि लागेर नेता हुने , पुरुषको सहानुभूति लिएर वा माथिल्लो नेताको आशिर्वादमा मात्र नेता हुन सकिन्छ भन्ने सोचले नेता हुने, पुरुषको केही अनैतिक र अप्राकृतिक प्रस्ताबलाई स्विकार्दै नेता हुने , पुरुष नेताको दौराको फेरो समातेर माथी पुगिन्छ भन्ने सोच राखेर नेता बन्ने जस्ता कु प्रवृत्ति हामिमा हावी छ। यो हामी महिलाको कमजोरी होइन।
यो हाम्रो सामाजिक बनावटले हामिलाई बाध्य पारेको हो त्यसैले यी यस्ता कुराहरु हामिले समयमै बुझेर सकारात्मक बिद्रोह गर्न सक्नु पर्द्छ। प्रधानन्यायाधीश रहेकै समयमा शुशिला कार्किले लैङ्गिक बिभेद आफू माथी भएको कुरा निर्धक्क स्विकार्दै त्यसको प्रतिबाद गरिरहनु भएको छ। यो लामो लडाई हो र पुस्तान्तरणमा समेत हामिले यो लडाईलाई निरन्तरता दिनु पर्ने हुन्छ।
त्यसैले यस्तो प्रवृत्ति बोक्ने स्वय महिलालाई बिस्थापित गर्ने भन्दा पनि उहाहरुको सोच रुपान्तरण गर्दै स्थापित गराउनु पर्दछ। यसरी अगाडि बढदा यस्ता महिलाहरुलाई पुरुषहरुले नस्विकार्न सक्दछन। यदि यस्तो अबस्था थियन भने हामी महिलाको पक्षमा वकालत गर्नै पर्ने थियन ।
अहिलेको महाधिवेशनमा धेरै भन्दा धेरै महिला प्रतिनिधि जान सक्यौ भने हामी हाम्रो मान्यता स्थापित गर्न सक्दछौ। महिलालाई नस्विकार्ने नेतृत्वलाई पाखा लगाउन सक्दछौ। बास्तबमा नै हाम्रो पार्टीको सतहमा ।जमिनमा महिलाको सङ्ग्ख्या ठूलो छ । महिलाहरु पुरुष नेतृत्वलाई यो वा त्यो हिसाबले कमफर्टेबल मान्न सक्दैनन।
महिलाहरुका बिचमा महिला नेतृत्व नै पठाउन सकियो भने महिलाका लागि आफ्नो बिचार आफ्नो नेताका अगाडि राख्न सजिलो हुन्छ । इमोशनल अट्याचमण्ट सजिलै हुन जान्छ र पार्टीलाई निर्वाचनमा बिजय गराउदै सरकार बिर्माण गरि देशको बिकासको मुलधारमा महिलाहरुलाई सामेल गराउन सक्दछौ। त्यसैले क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा महिला नेतृत्व र पदाधिकारीका लागि उमेदवार दिने आट गरौ र निर्वाचित गराउन सबैले सहयोग गरौ। महिला नेतृत्व सम्भब छ।