चारदिन देखि बेपत्ता म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका भिम बहादुर श्रेष्ठ अझै फेला परेका छैनन् । बेनपा–३ भकिम्ली डाँडाखानी ससुरालीबाट फर्किएका ५३ बर्षिय श्रेष्ठ भकिम्ली तोराखेतको जंगल नजिकबाट सम्पर्कविहिन भएका थिए ।

जंगलको बाटो हुदैं फर्किने बेलामा एक्कासी बेपत्ता भएपछि खोजीकार्यको क्रममा बुधबार टोपी र रुखको पातमा रगत भेटिएको खोजीकार्यमा सक्रिय अर्जमका कर्ण प्रधानले बताए । ‘बेपत्ता भएको ठाउँमै टोपी भेटिएकाले घटना रहस्यमय देखिएको छ,‘आधुनिक प्रविधिको प्रयोग गरी खोजीकार्य गर्नुपर्छ’उनले भने ।

ससुरालीबाट फर्किदै गरेको अवस्थामा श्रेष्ठको झोलामा मासु सहित अन्य खानेकुरा समेत लिएर आएको बताइएको छ । भेटिएको टोपी श्रेष्ठले नै प्रयोग गर्ने गरेको आफन्तबाट पुष्टी भएको छ । टोपी भेटिएको स्थान आसपासका क्षेत्रमा बेपत्ता श्रेष्ठलाई लुटपाट गर्न खोजेजस्तो र उनले समेत प्रतिवादको प्रयास गरेजस्तो देखिएपछि जंगलको विभिन्न झाडीमै पुगेर थप खोजीकार्य गरिएको थियो ।

बन्यजन्तुको आक्रमण भन्दा पनि मान्छेले नै आक्रमण गरेको हुनसक्ने अनुमान स्थानीयको छ । खोजीकार्यमा टोपी बाहेक अन्य केही नभेटिएकाले अझै केही भन्न सक्ने अवस्था नभएको स्थानीयको भनाई छ । स्थानीय, आफन्त सहित प्रहरीले जंगल तथा आसपासका क्षेत्रमा व्यापकरुपमा खोजतलास गरेको थियो । बेपत्ता भएकै दिनदेखि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply