कामना सेवा विकास बैंक लि.म्याग्दी ले आफ्नो १५औँ बार्षिकोत्सव अवसरमा सेन्सर लाइट वितरण गरेको छ । जलजला ७ मिलनचोकमा रहेको बजारमा सुरक्षाका लागि बैँकले उक्त लाइट वितरण गरेको हो ।

बैंकको काम नाफा कमाउने मात्र नभई कमाएको नाफा बाट केही रकम सामाजिक कार्यमा लगानी गर्दै आएको बेनी शाखाका शाखा प्रमुख अजित बरुवालले बताए । बैंकलाई समाजसँग जोड्दै सामाजिक कार्यलाई थप सशक्त बनाउँछौ उनले भने ।

हरेक बेथितीहरु घटेको बेलामा सेन्सर लाइट उपल्बध गराएको मा प्रहरी सहायक निरीक्षक मुक्त बहादुर खड्काले खुसी व्यक्त गरे । केही दिन अगाडि रातमा बजारमा ढुङ्गा प्रहार गरिएको थियो र यही लाइट का अभावले तत्काल पक्राउ गर्न गार्हो भएको उहाँले बताए ।

उक्त कार्यक्रम मा रहनुभएका प्रमुख अथिति तथा जलजला गाउँपालिका ७ का अध्यक्ष टुँगानाथ आचार्यले पनि म्याग्दीमा शाखा रहेतापनि पर्वतमा आई यति ठूलो सहयोग गरेकोमा खुसी व्यक्त गर्दै शाखालाई आई परेको हरेक सहयोग गर्ने बताए ।

सेन्सर लाइटले मिलनचोक बासीलाई थप सुरक्षित को प्रत्याभूति भएको महसुस भएको बजार व्यस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीले बताए।

उक्त कार्यक्रममा बेनी शाखाका कर्मचारी वडा सचिव महदत्त पौडेल स्थानीय समाजसेवी तप्तबहादुर बरुवाल , बाबुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply