नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले झिँ र पाखापानीमा पाटी र वाइसिएलको वडा कमिटि गठन गरेको छ । रघुगंगा गाउँपालिका- ५ झिँ र ६ पाखापानीमा शनिबार गरिएको वडा भेलाबाट पाटी र वाईसिएल कमिटी गठन गरिएको हो ।

नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य विनोद केसी, जिल्ला संयोजक रेशम जुग्जाली, आर्थिक विभाग प्रमुख रिमबहादुर केसी, वाइसिएल जिल्ला इन्चार्ज नगेन्द्र केसी लगायत नेताहरुको उपस्थितमा झिँ र पाखापानीमा संगठन विस्तार एवम् विभिन्न पाटी परित्याग गरी आउने ३० जना भन्दा बढीलाई पाटी प्रवेश गराइर्एको रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले बताए । वडा भेलालाई सम्वोधन गर्दै नेताद्वय केसी र जुग्जालीले माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाहरुले नै मुलुकमा राजनितीको मुल नेतृत्व गरेको भन्दै दलित, जनजाती, गरिब, विपन्न र पछाडी परेका बर्ग र समुदायको अधिकार सुनिश्चित हुँदै जाँदा माओवादीका एजेण्डा स्थापित भएको जानकारी गराए ।

वडा नम्वर ५ झिँमा भिमबहादुर विकको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । त्यस्तै वडानम्वर ६ पाखापानीमा सन्तोष विकको नेतृत्वमो २२ सदस्यीय वडा कमिटी गठन गरिएको छ । सो कमिटीको सचिवमा मिना विक सर्वसम्मत चयन भएकी छन् ।

त्यस्तै झिँमा इन्द्र विक को नेतृत्वमा १४ सदस्यीय वाईसिएल वडा कमिटी गरिएको छ भने पाखापानीमा बलबहादुर विकको नेतृत्वमा २५ सदस्यीय वाईसिएल कमिटी गठन गरिएको वाईसिएल जिल्ला इन्चार्ज नगेन्द्र केसीले जानकारी दिए ।


माओवादी केन्द्रले कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन तोकिए अनुसार जिल्लाका नेताहरु टोलटोलमा पुगेर माओवादीका एजेण्डाको प्रचारप्रसार एवम् संगठन विस्तारलाई तिव्रता दिएका छन् ।

Leave a Reply