---Advertisement---

नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत नेतृत्व चयन

On: November 13, 2021 9:18 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन बरुवाल चयन भएका छन् ।
त्यस्तै सचिवमा चक्रबहादुर केसी र रोशन पुरी सह–सचिव पदमा विशाल खत्री र गणेश गर्बुजा निर्वाचित भएको निर्वाचन अधिकृत रामजीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिको खुल्ला महिला सदस्यमा अमृतदेबी बानियाँ, धनमाया बिक, सृजना भट्टचन खुल्ला पुरुष सदस्यमा टेक बहादुर हमाल, मोहन मल्ल, तारानाथ रेग्मी, गोपाल बानियाँ, धर्मराज शर्मा सुबेदी, चन्द्र शेरपुजा मगर, गोविन्द पुन (गोरे) खस आर्य पुरुषमा डिल बहादुर बरुवाल खस आर्य महिलामा सवनम मल्ल चयन भएका छन् ।
त्यसैगरी आदिबासी जनजाती पुरुषमा श्याम पुर्जा आदिबासी जनजाती महिलामा निर्मला श्रेष्ठ दलित खुल्लामा पशुपति बिक अल्पसंख्यकमा टिका प्रसाद गौचन चयन भएको सुबेदीले जानकारी दिनुभयो ।
सभापती र सचिव पदका लागि हिजो शुक्रबार नै सहमती भएपनि बाँकी पदका लागि भने आज साँझ सम्म टुङ्गो लागेको हो ।