नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत सागरजिवी उपाध्यायले जानकारी दिनुभयो ।

कार्यसमितिको उपसभापतिमा गोपालप्रसाद भट्टचन , तेजिन्द्र थापा सचीवमा हिराबहादुर पुन र हेमेन्द्र गुरुङ हिमाल ,सहसचिवमा भिमप्रसाद गौतम र भक्तबहादुर सिंकिजा पुन चयन हुनुभएको छ । सदस्यहरुमा खगेन्द्र फगामी ,अनिल रोका मगर,नगेन्द्र मल्ल ,देवेन्द्र रोका ,इन्द्र थापा ,याममाया सुवेदी ,शुसिला खड्का ,पुष्पा पौडेल घिमिरे ,सर्मिला थापा ,पिपला बुढा ,ध्रुवकुमार खत्री ,रबिना भट्टचन पुर्जा,छकेन्द्र पुन ,खिम बहादुर पुर्जा ,आशा बिक ,थमन घिमिरे र पृजन भट्टचन रहेका छन् ।सभापति पुनले पार्टीलाई थप बलियो बनाउन सबै संगको सहकार्यमा अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सदस्य बलभद्र ढकाल ,खिम पुर्जा ,तमबहादुर थापा, प्रदेश सभा उपसभापति मेक बहादुर पुन र गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर लगायतले बोल्नुभएको थियो । सभापति कमल छन्त्यालको सभापतित्वमा भएको कार्यक्रमको स्वागत उपसभापति गोपाल भट्टचन र सञ्चालन सचिव हिराबहादुर पुनले गर्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा एमालेको भात्रृ संगठन युव संघका जिल्ला सदस्य मालिका–२ निवासी भरत रोका मगर र वडा नम्बर ३ का वडा अध्यक्ष होमबहादुर पुनका छोरा देबेन्द्र पुन लगायत करिब एक दर्जन युवा एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका छन् ।

Leave a Reply