कृष्णकुमार विश्वकर्मा
१) करिव ७ दशक लामो संघर्ष र प्राप्तिको आन्दोलनको निर्मम समिक्षा होस।कहाँ हामी सफल भयौ,कहाँ असफल भयौ।प्राप्त सफलताको ऐतिहासिककता लाई परिस्कृत गर्दै लजाने र गलत भएको ठाँउमा ईमान्दारिताका साथ जनताको अगाडी माफी माग्ने।
२)आज हामी कहाँ छौ?पार्टि गठवन्धन हुदै एकता हुने,सवैतिर सत्तामा,त्यो उचाईको जनमत।र क्रमश पार्टि विभाजन जनमत खण्डित र कम्युनिष्ट आन्दोलनको यो किसिमको विल्लिवाठ कसरी भयो?हामी खाली वली लाई या अन्य कुनै शक्तिलाई दुत्कारेर खास समस्या खोज्न ईन्कार गरेको झै नगरौ।हामी सवैले गणतन्त्र,परिवर्तन र समृद्वी को मात्र गफ गर्यौ।क्रान्ति वाट प्राप्त उपलव्धी संस्थागत नहुदै राजनैतिक संक्रमणमा नजानिदो ढंगले एउटा वर्ग जन्मिने र संगठित हुने तथ्यलाई नजरअन्दाज गर्यौ।
र त्यो सत्ताच्युत भएको पुरातन शक्ति र पुजिपति हरुको गठजोड वन्दछ।यो रुपमा कम देखिन्छ तर सारमा सवैतिर यो हुन्छ।एउटा उपयुक्त समयको पर्खाईमा सुशुप्त अभियानमा हुन्छ र यस्लाई हामी दलालपुजिपती वर्ग वा चरित्र भन्छौ।
यही वर्ग हामी र हाम्रो आन्दोलनको प्रमुख वाधक हुन।यिनको पहिचान र निर्मुलिकरण विना समाजवाद संभव छैन।यो समग्र प्रक्रियामा हामी प्रष्ट छौ भन्ने शैत्द्वान्तिक-राजनैतिक दृष्टिकोण र वाटो देखिने वुझिने गरि सारा दुनियालाई वताऊँ।
३) विद्रोह गरेर वनाएको हाम्रो पार्टिलाई जनताले किन साथ दिने?वुझिने गरि वताउँ र देखिने गरी कार्यान्वयनको गहिरो र विश्वासिलो प्रतिवद्वता जनाऊँ।हाम्रो वर्गहितका लिखित योजना सार्वजनिक गरौ।नसक्ने हावादारी गफ होईन।स-सानाकामले जवताको जिवन जोड्न सकिन्छ।
४)विश्व कम्युनिष्ट आन्दोलन कसरी रक्षात्मक भयो र यस्मा हाम्रो के सम्वन्ध छ?भारत र चिन या अन्य शक्तिराष्ट्र संग लुकाछिपी होईन खुल्लमखुल्ला हाम्रो स्वाभिमान,सार्वभौमसत्ता र परस्पर सम्वन्धको प्रष्ट अडान,दृडता र धारणा सार्वजनिक गरौ।
५)हामी अधिकांश कम्युनिष्टहरु समाजवाद भन्यौ?के यो व्यवस्था अमुर्त हो?कसैले हामीलाई उपहार स्वरुप दिदैछ?कि यसै आउछ?यस्को मुल वाधक के हो र यस्को प्रवृति कस्तो हुन्छ?
हो हामी समाजवादको धेरै रटान लगाउछौ तर पुजिवादको वारेमा कही वोल्दैनौ।पुजिवाद या भनौ दलालपुजिवादको सहि विष्लेषण नगरी हामीले भन्ने समाजवाद अपुर्ण हुन्छ अझै भनौ संभवनै छैन।जताततै दलालपुजिवादको प्रभाव छ। एउटा ठुलो संजाल तयार छ र त्यस्ले पानी देखि जनताको सवै आवाश्यकता र राज्यको दायित्वलाई नराम्ररी गाँजेको छ।तसर्थ दलालपुजिवाद लाई नियन्त्रण गर्दै,राष्ट्रिय पुजीको विकास गर्ने त्यो उचाईको ज्ञानसहितको एउटा ठुलो पंति तयारमा लागौ।पार्टि कार्यकर्ता निर्माणलाई यसरी हेरौ।
संख्यामात्र भन्दापनी समाजवादको प्रतिवद्वतालाई अलि वेशी खोजी गरौ।जव हामी यस्तो कुरा वोक्छौ,हाम्रो राजनितिको प्रमुख क्षेत्र वर्गिय हिसावले गरिव,किसान,मजदुर,दलित,महिला(जो राज्यको मुल प्रवाहवाट टाढा छन या विभिन्न प्रकृतिको विभेदको सिकार भैरहन वाध्य छन)हामी संग हुनेछन।जव यो पंतिलाई हामी संगठित गर्दै हाम्रो उद्देश्य,लक्ष्य र गन्तव्य पुग्न तम्तयार गर्नेछौ तव हामी दैनिक अरुलाई गाली गर्नै पर्दैन हाम्रै ऐजेण्डा र कार्यक्रम वताउने समय थोरै हुदै जानेछ।हाम्रो भाषणमा ताली वज्ने छैन तर यथेष्ट गंभिर्यता पाईने छ।हुटिङ हुने छैन तर धैर्यता र निरन्तर संघर्षलाई वोध हुनेछ।
नेताको जयजयकार हुनेनै छैन किनी मात्र समाजवाद र त्यस्को आधारहरु आकासवाट चिलले जसरी देख्न थाल्नेछन र व्यक्ति गौण र आन्दोलन मुख्य मान्नेछन।कम्तिमा सवै जनता श्रममा जोडिने छन अनी असाध्यै छिटो राट्रिय अर्थतन्त्रलाई हाम्रो पंतिले योगदान गर्नेछ।जव राज्यमा आफ्नो प्रत्यक्ष योगादान सहितको भुमिका देख्नेछन हामिले संगठित गरेको त्यो पार्टि र संगठनले जवरजस्त हस्तक्षेपकारी भुमिकामा आउनेछ र त्यही पंतिले राज्यसत्ताको स्वरुपलाई वर्गिय वनाउनेछ र त्यो नेपालीजनताको आधरभुत वर्ग हुनेछ।
यो सवै विषयमाथि गहिरो चिन्तन सहितको निष्कर्ष निकालौ।अव केपी वली लाई गाली गरेर समावादी आन्दोलनको,लक्क्षको र त्यो महान उद्देश्यको हुर्मत नलिओैं।र अन्त्यमा पार्टि पुस्तान्तरणको रोडम्याप प्रष्ट देखाओैं,युवामैत्रि पार्टि वनाउन संकल्प गरौ।युवा धेरै वाच्दछन र राज्यलाई धेरै योगदान पनी गर्नसक्दछन।
हार्दिक अभिवादन सहित!
लेखक युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेकपा एकिकृत समाजवादीको जिल्ला अध्यक्ष हुनुहुन्छ।