प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै म्याग्दीका कानुन व्यवसायीहरुले कालोपट्टी सहितको विरोध कार्यक्रम गरेका छन् । जिल्ला अदालत परिसरमा कानुन व्यवसायीहरुले राजीनामा माग्दै विरोध गरेका हुन् । न्यायपालिकाको विकृति विसंगति भ्रष्टाचार विरुद्ध नेपाल बार एशोसिएशनले अभियानमा नै चलाएको छ । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधान न्ययाधीश जबराले राजीनामा देउ भन्दै हातमा कालो पट्टी लगाएर जिल्ला अदालत अगाडी विरोध गरेका हुन् ।

नेपाल बार एसोसिएसन म्याग्दी जिल्ला अदालत वार इकाईको आह्वानमा कानुन व्यवसायीले आइतबार विरोध गरेर बारको आन्दोलनमा समर्थन जनाएका हुन् । आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णयअनुसार धर्ना थालिएको म्याग्दीका वार अध्यक्ष चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै लगेको हो ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेको लगायत गम्भीर आरोप लागेका छन् ।

Leave a Reply