कुनै–कुनै घटना यस्ता हुन्छन् जुन सुन्दा पनि जोकोहीको आङ सिरिङ हुन्छ । शनिबार दिउँसो करिब ४ बजे बेनी नगरपालिकामा नातिनीलार्ई देवताको रूपमा सम्मान गरिने समाजलाई समेत लज्जित बनाउने एक घटना घटेको छ । शनिबार घरमा कोही नभएको मौका छोपी ७८ वर्षीय वृद्धले आफ्नै सात बर्षिया नातिनीलाई जवरजस्ती करणी गरेको घटनाले परिवारका सदस्यसँगै गाउँले नै छाँगाबाट खसेजस्तो भएका छन् ।

बुबा–आमा खेतमा गएको मौका छोपी विभिन्न बाहनाका साथै डर, त्रास, धम्की र प्रभाव देखाएर कुदृष्टि लगाउने यौन पिपासु हजुरबुबाको यौनजन्य क्रियाकलापका बारेमा खेतबाट घर फर्किएका आमा–बुबालाई घटनाका बारेमा जानकारी पाएपछि बालिकाले समेत दिनभर हजुरबुबाले आफूमाथि गरेको सम्पूर्ण क्रियाकलाप बारे पनि मुख खोलेकी थिईन् ।

पीडित नाबालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा सोही दिन आरोपी हजुरबुबालाई घरबाटै पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रहरी निरिक्षक विरेन्द्रराज गुरूङले बताए ।

‘मानवता हराएको घटनाका बारेका बालिकाको परिचय नखुल्ने गरी अनुसन्धान अगाडी बढेको छ,‘घटनाको बारेमा थप अनुसन्धान छानविन भइरहेको छ’ प्रनानी गुरूङले बेनीअनलाइनलाई भने । उनले आरोपी र पीडित बालिकालाई मेडिकल परीक्षण समेत गरिएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । घटनामा संलग्न दोषी ठहर भएमा जन्म कैदको सजाय हुन्छ ।

Leave a Reply