जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने भएको छ । प्रतियोगीताको बारेमा आइतबार जिल्ला खेलकुद बिकास समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जानकारी गराईएको हो ।

मंसिर ४ गते अन्तराष्ट्रिय बाल दिवसको अवसर पारि १८ बर्ष भन्दा कम उमेरका महिला तथा पुरुष दौड प्रतियोगीता आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए । प्रतियोगीतामा प्रथम पुरस्कार नगद रु ८ हजार मेडल र प्रमाणपत्र, द्वितीय ५ हजार मेडल र प्रमाणपत्र, तृतीय ३ हजार मेडल र प्रमाणपत्र र सान्त्वना रु १ हजार मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले मंसिर ३ गते साँझ ५ बजे सम्म जिल्ला खेलकुद बिकास समितिको सचिवालयमा गई नाम दर्ता गर्नुपर्ने छ । कार्यक्रममा अध्यक्ष केसीले जिल्लामै पहिलोपटक दौड प्रतियोगीताको आयोजना गरिएको बताए । ‘कोरोनापछि सुस्त खेलकुदलाई चलायमान बनाउने गरी अगाडी बढेका छौ,‘अब प्रतियोगितात्मक गतिविधिले तिब्रता पाउँछ’ अध्यक्ष केसीले भने ।

प्रतियोगीतालाई सफल बनाउनका लागि आबश्यक साथ, सहयोगका लागि पनि सम्पुर्णमा अनुरोध समेत गरिएको छ ।
खेलाडीहरुलाई खेल संग जोड्नका लागि बिभिन्न समयमा खेलकुद कार्यक्रमको आयोजना गर्ने योजना बनाएको समितिका कार्यालय प्रमुख दानबहादुर राईले बताए । समितिमार्फत आयोजना हुने हरेक खेलकुदजन्य गतिविधिले लुकेका प्रतिभाको पहिचानमा समेत सघाउने भएकाले आवश्यक बजेट सहित थप कार्यक्रमका लागि प्रदेश सरकार समक्ष समेत अपिल गरिएको छ ।

 

Leave a Reply