तिलु शर्मा पौडेल/भगवती

करिब ३ वर्ष पहिले नेपाल सरकारले म्याग्दीको रुईसेदेखि धौलागिरि आईसफल क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यमा समावेश गरे यता उक्त क्षेत्रमा चहलपहल निकै बढ्दो छ।
आन्तरिक र बाह्य पर्यटकको पनि रोजाईमा पर्ने गरेको रुईसे पछिल्लो चार दिन सुटिङ स्पटमा बदलियो । रुईसेमा पुगेर पछिल्लो समयका चर्चित मोडल सुधीर श्रेष्ठले सुटिङ गरेका हुन ।

सुधीर पछिल्लो समयका व्यस्त तथा महँगा मोडलहरूमा गनिन्छन् । एक दशक देखी सॉगीतिक क्षेत्रमा रहेका उनको जन्म घर भगवतिको हटियॉमा पर्दछ । सुटिङको अन्तिम सट दिँदै गरेका श्रेष्ठ निकै हर्षित मुद्रामा देखिएका थिए । व्यस्त समयका बाबजुद पनि सुटिङका लागी रुईसेलाई रोज्नुको कारण बारे सोध्दा उनले आफ्नो जन्मथलो र पर्यटकीय स्थलको पनि थप प्रचार प्रसार होस भन्ने मुख्य उदेश्य रहेको बताए । साथै उनले म्याग्दी जिल्लाका अन्य स्थान जस्तै भगवती पनि गीत तथा फिल्मको छायॉकनको लागी उत्कृष्ट गन्तव्य रहेको सन्देश सबै सामु पुराउनु आफ्नो दायित्व रहेको बताए । भविष्यमा पनि थप सुटिङका कामहरू लिएर आउने उनको भनाई थियो ।

समुन्द्री सतह देखी २२०३ मिटर उचाइमा रहेको रुईसेको चिसोमा चार वटा गीतको सुटिङ गरिएको निर्देशक निसान घिमिरेले जानकारी दिए । घिमिरेले रुईसेको फोटो हेरेर सुटिङको लागी यो स्थानलाइ रोजेको बताउँदै सोचेको भन्दा उत्कृष्ट स्पटको रूपमा आफूले पाएको बताए । चार दिनमा “तिमी मेरो जीवनमा”, “भन्नेहरूले जे भने पनि”, “खोला पारी” , “चैतको डढेलो” बोलका गीतहरूको छायॉकन सम्पन्न गरीएको घिमिरेले बताए ।

“तिमी मेरो जीवनमा” लाई अम्बिका गुरुङले लेखेकी हुन भने ममता गुरुङ र नेसन मगरले स्वर भरेका छन् । शंकर थापा(स्माईल) को सङ्गीत रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र सुशीला थापाले अभिनय गरेका छन् । “भन्नेहरूले जे भने पनि” बोलको गीतमा मेलीना राई र सान्तिङ कोइरालाको स्वर रहेको छ भने शब्द सङ्गीत कोइरालाकै रहेको छ । सुधीर श्रेष्ठ र सुशीला थापाले यस गीतको भिडियोमा अभिनय गरेका छन् ।

प्रविन भेडवाल र समीक्षा अधिकारीको स्वर रहेको “खोला पारी” बोल रहेको गीतका गीतकार सुदन श्रेष्ठ हुन भने सङ्गीत वसन्त थापाको रहेको छ । यस गीतमा सुधिरलाई उषा उप्रेतीले साथ दिएकी छिन । डेकेन्द्र श्रेष्ठको शब्द सङ्गीत रहेको “चैतको डढेलो” बोलको गीतको भिडियोमा उसा उप्रेती र सुधीर श्रेष्ठले अभिनय गरेका छन् भने तारा श्रीष मगरको स्वर रहेको छ । सबै भिडियोलाई निसल पौडेलले खिचेका हुन । रुईसे रघुगंगा गॉउपालिका वडा २ मा अवस्थित छ ।

Leave a Reply