लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका मंगला गाउँपालिका–२,उपल्लो हिँदीको ३२ घरमा एक घर एक धारा जडान गरिएको छ ।

व्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका स्थानीयको समस्या समाधानका लागि मंगला गाउँपालिकाको अनुरोधमा गण्डकी प्रदेश सरकारमार्फत प्राप्त ८६ लाख बजेटले स्थानीय सहित विद्यालय, आमा समुह तथा सावर्जनिक स्थानमा ४ वटा धारा जडान गरिएको हिदी खानेपानी तथा सरसफाई आयोजनाले जनाएको छ ।

उक्त आयोजनाको सोमबार प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गदैं केपी ओली सरकारले जनताको आवश्यकता अनुसार योजना गाउँगाउँमा पठाएपनि वर्तमान सरकारले आवश्यक योजनाको बजेट समेत रोकिदिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले हिँदीमा खानेपानीको पहुँच नपुगेका सबै घरधुरीमा पालिकामार्फत खानेपानीको धारा जडान गर्ने गरी थप बजेट समेत माग गरिएको बताउनुभयो । उहाँले अघिल्लो प्रदेश सरकारबाट मंगलामा प्राप्त बजेटहरु अहिलेको सरकारले हटाएको बताउँदै थप बजेट सहितका योजनामा निरन्तर माग गरिएको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष धनबहादुर खातीले खानेपानीलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै अहिले शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएको बताउनुभयो । योजनामार्फत घरमै पानी आए पछि निकै सहज भएको स्थानीयको भनाई छ ।

Leave a Reply