घटना १ : गएको कात्तिक २ गते बेनी नगरपालिका–५ की २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला मध्यरातमा झ्यालबाट छिरेका तीन युवकले अस्मिता लुटे । मदिरामा लठ्ठ स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोका ढकढक्याउँदै सहयोग मागेजस्तै गरी घरभित्र छिरेर छोराछोरीकै अगाडी पालैपालो बलात्कार गरेको पीडित महिलाले बताईन्।

होहल्ला गर्छ भनेर मेरो मुखमा समेत कपडा राखिदिए, हल्ला गरे घर नै जलाइदिने धम्की समेत दिएको घटनाका आरोपीलाई घटनाको २० दिनपछि मात्रै प्रहरीले आफन्तकै सहयोगमा नियन्त्रणमा लिन सफल भयो । घटना अवधिभर पीडित महिलालाई आरोपीका आफन्तले आर्थिक प्रलोभनका अनेक प्रयास गरे ।

घटना २ : बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीमा कात्तिक १५ गते अशक्त ५२ बर्षिया महिलालाई धम्क्याएर स्थानीय ४२ बर्षिया एक पुरुषले जबरजस्ती करणीको प्रयास गरे । विद्युत मर्मत सम्बन्धि काम गर्ने उनले स्तन सहित शरीरको बिभिन्न भागमा छुने, दुवै हात समातेर मुख थुन्ने प्रयास गरेपछि दाउराले हिर्काएर भागेकी थिईन्।

भागेर रुँदै करिब डेढसय मिटर नजिकै रहेको बहिनीको घरमा आएर खवर खबर गरेपछि घटना सार्वजनिक भएको थियो । घटना लगत्तै भागेर बेनीतर्फ आएका आरोपीलाई प्रहरी र स्थानीयले बेनपा–२ हाँडेभिर नजिकैबाट नियन्त्रणमा लिएका थिए । करिब पाँच बर्ष अगाडी पनि एक महिलालाई जवरजस्तीको प्रयास गरेको घटनामा निज आरोपीले महिलालाई क्षतीपूर्ती दिएर गाउँमै मिलाइएको थियो । गाउँमा अपाङ्ग र एकल महिलालाई मौका छोपेर आपत्तीजनक ब्यवहार गर्ने गरेका थिए ।

घटना ३ : कात्तिक २७ गते शनिबार बेनी नगरपालिकाको एक गाउँमा ८ बर्षिया नातिनीलाई घरमा बसिरहेका बेला ७८ वर्षीय आफ्नै हजुरबुबाले कोठामा लगेर हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेर जवरजस्तीको प्रयास गरे । बुबा–आमा खेतमा गएको मौका छोपी विभिन्न बाहनाका साथै डर,त्रास, धम्की र प्रभाव देखाएर कुदृष्टि लगाउने यौन पिपासु हजुरबुबालाई सोही दिन नियन्त्रणमा लिइयो ।

यी तीन प्रतिनिधि घटना हुन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जवरजस्ती करणीका ८ वटा, जबरजस्तीकरणी उद्योगका ४ वटा र बालयौन दुरुपयोग १ मुद्धा दर्र्ता भएका छन् । त्यस्तै आ.व २०७७÷७८ मा जवरजस्ती करणीका ११ वटा, जबरजस्तीकरणी उद्योगका ३ वटा र बाल यौन दुव्यवहारका १ वटा दर्ता छन् । आ.व २०७८÷७९ को हालसम्म जवरजस्ती करणीका ७ वटा दर्ता भएको छ भने शनिबार आफ्नै हजुरबुबाबाट भएको करणीको प्रयास अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरूङले बताए ।

पछिल्ला तीनबर्षमा प्रहरीमा दर्ता भएको जबर्जस्ती करणी सहित यौनजन्य क्रियाकलापमा संलग्न अधिकांश आफन्त,छिमेकी र चिनजानका भएको पाइएको उनको भनाई छ ।  कात्तिक महिनामा दर्ता भएका ३ वटै जबर्जस्ती करणीका घटना आफन्त, छिमेकी र चिनेजानेकाबाट भएको देखिएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणसँगै लामो समयसम्म भएको लकडाउनका कारण जबरजस्तीकरणी उद्योगका केही घटना गुपचुप समेत मिलाउने प्रयास गरिएको अवस्थामा प्रहरीले जानकारी पाएपछि मुद्धा दर्ता गरेको थियो । आफन्त र चिनेजानेकाबाट हुने करणी तथा करणीमा संलग्नलाई राजनीतिक दवावमा जोगाउन खोज्ने गरेको पनि पाइएको छ । पीडकलाई जोगाउन गरिएका अन्तिम प्रयास सफल नभएपछि मात्रै प्रहरीमा किटानी जायरी दिने गरेको घटना समेत सार्वजनिक हुने गरेको छ।

जर्वजस्ती करणीको कसुरमा हुने कैदको सजाय
* दश बर्षभन्दा कम उमेरकी बालिका भए १६
बर्ष देखी २० बर्ष सम्म ।
* १० बर्ष वा १० बर्ष भन्दा बढि १४ बर्ष भन्दा
कम उमेरकी बालिका भए १४ बर्ष देखी १६
बर्ष सम्म
* १४ बर्ष वा १४ बर्ष भन्दा बढि १६ बर्ष भन्दा
कम उमेरकी बालिका भए १२ बर्ष देखी १४
बर्ष सम्म
* १६ बर्ष वा १६ बर्ष भन्दा बढि १८ बर्ष भन्दा
कम उमेरकी महिला भए दश९१०० बर्ष देखी
१२ बर्ष सम्म ।
* १८ बर्ष वा १८ बर्ष भन्दा बढि उमेरकी महिला भए ७ बर्ष देखी १० बर्ष सम्म ।
जर्वजस्ती करणी ९बलात्कार० मा हुने थप सजा“य
* सामुहिक रुपमा जर्वजस्ती करणी
गरेमा थप ५ बर्ष सम्म कैद सँजाय
हुन्छ ।
* ६ महिनाभन्दा बढिको गर्भवती
महिलालाई जर्वजस्ती करणी गरेमा
थप ५ बर्ष सम्म
* अशक्त वा अपाङ्ग वा शारीरिक, मानसिक
रुपमा अस्वस्थ महिलालाई जर्वजस्ती
करणी गरेमा थप ५ बर्षसम्म कैद ।
* हातहतियार देखाई जर्वजस्ती करणी
गरेमा थप ५ बर्ष कैद ।
* हाड नाताको महिलालाई जर्वजस्ती करणी गरेमा, जर्वजस्ती करणीमा हुने सजाँयमा हाडनाता
करणीमा हुने सजाँय थप हुनेछ ।

 

Leave a Reply