---Advertisement---

बन्दले म्याग्दीको जनजीवन प्रभावित

On: November 16, 2021 1:12 PM
Follow Us:

म्याग्दी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित छ । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेका छैनन्।

यहाँबाट पोखरा, काठमाण्डौ, नारायणगढ, बिरगंज, बुटवल लगायत बजारमा जाने सवारी नचल्दा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । बन्दका कारण म्याग्दी सदरमुकाम बेनीका बजार उद्योग कलकारखाना सबै बन्द भएका छन्

बन्दकर्ताले एम्बुलेन्स, स्वास्थ्यचौकी, होटल तथा दुग्ध ढुवानीमा लाई सहज आवतजावत बाहेक अन्य सवारीसाधनलाई रोक्ने जनाएका छन् । प्रहरीले बजार तथा आसपासका क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाएको छ ।बेनीबजारका विभिन्न चोकमा प्रहरीले गस्ती  गरिरहेका छन् । सदरमुकाम बाहिरको जनजीवन समेत प्रभावित भएको छ । बेनीबजारको केही पसल खुलेपनि अधिकांश बन्द छन् ।