गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अबविकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ ।

अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमाआयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धिअन्तरक्रियाएवं छलफल कार्यक्रममावोल्दै मन्त्री बरालले अबनतिजादिने गरी कामगर्न कर्मचारीलाई निर्देशनदिदै अबकोरोनालाई देखाएर विकास निर्माणलाई प्रभावपार्न नपाइने बताउनु भएको हो ।

हालकोरोनाको प्रभावविस्तारकै कमहुदै आएकोले बहिरीको रुपमा रहेको कोरोनाबाट सचेत हुदै विकास निर्माणलाई गतिदिने गरी अघि बढ्न मन्त्री बरालले बताउनु भयो । थोरै बजेटर खुद्रे बजेटआएको भन्ने प्रश्नमामन्त्री बरालले प्राप्त बजेट प्रभावकारी ढंगले कार्यान्वयनगर्नुपर्न बताउनु भएको छ ।

अभ्यासकै क्रममा रहेको हुदातीनतहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्वहुननसक्दाकार्यक्रमहरु प्रभावकारी हुननसकेको उहाँले बताउनु भयो । प्रदेशले आन्तरिक श्रोतलाई कसरी बृद्धि गर्न सकिन्छ, त्यसको श्रोतहरु के के हुन त्यस तर्फ सवैको ध्यान केन्द्रितहुनु पर्ने धारणा व्यक्तगर्नु भयो । करको दर भन्दादायराका क्षेत्रहरु ध्यान केन्द्रितहुनु पर्ने उहाँको भनाई थियो ।

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसादअर्यालले म्याग्दीजिल्लाको संक्षिप्तकार्यप्रगती पेश गर्दै गतबर्ष ७१.४३ प्रतिशत बजेट कार्यान्वयनभएकोमा यस बर्षको पहिलो चौमासिकमाकरिब ८ प्रतिशत बजेट खर्च भएको बताउनु भयो । बहुबर्षीय योजनाहरुमाकम्तिमापनि २० प्रतिशत बजेट सुनिश्चितनभएसम्मकार्यान्वयनमा लैजाननसकिने उहाँले बताउनु भयो । एउटै कार्यक्रममादुई योजनाभए एउटा मात्रकार्यक्रमलागु हुने सचिवअर्यालले जनाउनु भयो ।

कोष लेखातथानियन्त्रककार्यालय म्याग्दीका युक्त प्रसादशर्माले अझै पनि ४० देखि ४५ प्रतिशत बजेट खर्च असारमाहुने हुँदायसलाई समयमै सुधार गर्नुपर्ने बताउनु भयो । पूर्वाधार विकास कार्यालयम्याग्दीका सन्तोस अर्यालले बहुबर्षीय योजनाहरु यसै बर्ष संचालनको लागिआवश्यक बजेट विनियोजन नभएको गुनासो गर्नू भयो ।

यस बर्ष टुक्रे धेरै योजना परेको एकै योजनामा अघि र पछि गरी बजेट समेत विनियोजन भएको उहाँको भनाई थियो । स्वास्थ्यकार्यालय म्याग्दीकाएकनारायण भुषालले लेखातथाप्रशासनकाकर्मचारी अभावभएको गुनासो गर्नु भयो । कोरोनाबाटम्याग्दीका ८२ जनाको मृत्यु भएको र हाल ४ जनाकोरोनाका बिरामीभएको उहाँले बताउनु भयो । १८ बर्ष माथिकाकरिब ५५ प्रतिशत जनसङमाकोरोना बिरुद्धको खोप उपलब्ध गराइएको भुषालले जनाउनु भयो ।

बेनी अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन डा.जितेन्द्र कंडेलले लेखाको दरवन्दीभएकोले कर्मचारीले तलवभक्ताखान समस्याभएको बताउनु भयो । सामाजिकविकास कार्यालय म्याग्दीका रमेश थापाले १६ वटा योजनाहरु परे पनि योजना परेको ठाँउको बारेमापक्तालगाउन एक महिना समय लागेको बताउनु भयो । ज्येष्ठनागरिक र प्रभावितव्यक्तिहरुको आश्रमको रुपमाव्यबस्थापनगर्न एउटा सामुदायिकभवनआवश्यकभएको उहाँले बताउनु भयो ।

म्याग्दीकाप्रमुखजिल्लाअधिकारी चिरञ्जीवि रानाको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममाप्रदेशकाविभिन्नकार्यालयकाप्रमुखएवं प्रतिनिधिहरुले कर्मचारी अभाव, सवारी साधानको अभाव, विनियोजित बजेट कमविनियोजन भएको गुनासो गर्नु भएको थियो ।अर्थ मन्त्रालयकाशाखाअधिकृत केशव सुवेदीले संचालन गरेको कार्यक्रममामन्त्रालयकै शाखाअधिकृत दिलीप सुवेदीले स्वागतगर्नु भएको थियो ।

 

Leave a Reply