उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाकामा भौतिक पूर्वाधार निर्माणको काम चाँडै सुरु हुने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् ।

उत्तर ÷दक्षिण ब्यापारिक मार्ग बिस्तारित आयोजना,कालिगण्डकी करिडोर अन्तर्गतको निर्माणधिन बेनी-जोमसोम—कोरला सडक तथा कोरलानाकाको पछिल्लो अवस्था बुझ्न सोमबार बिहान मुस्ताङ आईपुगेका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले जोमसोम बिमान स्थलको बिशिष्ट कक्षमा स्थानीय पत्रकारहरुसंग कुराकानी गर्दै कोरलानाकामा भन्सार ,क्वारेन्टाईन,सुख्खा बन्दरगाह र सुरक्षा चेक पोष्ट लगायतको पूर्वाधार निर्माणका लागि चालु वर्षभित्रै वातावरण अध्ययन प्रतिबेदन ( ईआईए ) र बिस्तृत परियोजना प्रतिबेदन( डिपिआर )को काम पूरा हुने जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सनाले चालु वर्ष ईआई र डिपिआर तयार गर्ने काम पूरा गरी अर्को बर्ष भन्सार लगायतको पूर्वाधार निर्माण गर्न ठेक्का सम्झौताको प्रक्रिया अघि बढ्ने दावी गरे ।यसका लागि आफुले भन्सार बिभाग तथा सम्वन्धित अधिकारीहरुसंग कुराकानी गरिसकेको जानकारी दिए । उनले ठेक्का सम्झौता भई यदी प्राकृतिक बिपद र टेन्डर भई काम ढिलो हुने रोगलाई मुक्त गर्न सकिएमा ३ वर्षभित्रै कोरलानाकामा भन्सार लगायतको पूर्वाधारको काम सकिने बताए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अहिलेको कोरलानाकाको १२ किमी यता नेचुङमा रहेको भन्सार काम चलाउ मात्र भएको र यसका लागि दिर्घकालिन लक्ष्य अनुसार कोरला पूर्वाधारलाई गति दिन आवश्यक भएको औल्याए ।

‘अबको ३ वर्ष राष्ट्रिय गौरवको कोरला सडक पूरा हुने र त्यससमय भित्रै कोरलानाकामा भन्सार लगायतका संरचना तयार गर्नुपर्ने हुन्छ,अध्यक्ष तिमिल्सिनाले भने,‘तर मुस्ताङको रिपोर्टिङ अनुसार अपेक्षित गति लिन नसकेको भन्ने छ, कोरलानाकामा छुट्याएको जग्गाको पनि अवलोकन गर्नेछु ।’

उनले कोरलानाका तथा राष्ट्रिय गौरवको अनुमगन दोश्रो पटक भएको जानकारी दिए ।यसपटक सडकको स्तर कस्तो छ भन्ने बुझन मुस्ताङ आएको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सनाले उल्लेख गरे । उनले बेनी—जोमसोम—कोरला सडक अलि ढिलासुस्ती भएको कुरा आएको र यसलाई यथाशिघ्र गति दिनुपर्नेमा जोड दिए उनले कोरला सडक अन्तर्गत बेनी—जोमसोमको कालोपत्रे चाडै सक्नुपर्ने र ढिला सुस्ती भएको खण्डलाई गति दिन सरकारको ध्यान केन्द्रित गर्ने बताए ।

सडक तथा नाका अनुमगनका लागि मुस्ताङ आईपुगेका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भूगोलको हिसाबले नेपाल प्राकृतिक बरदान भएको भएपनि सडक यातायात स्तरोन्नतिको हिसाबले चुनौतीपूर्ण भएको उल्लेख गरे ।बेनी—जोमसोम ७६ किमी सडकको म्याग्दी खण्डमा बर्खायामको मौसममा सडक स्तरोन्नतिमा देखिएको समस्या तर्फ ईङ्गित गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सडकको अब्यवस्थित बस्ती र म्याग्दीको कमजोर भुबनोटका कारण निर्माधिन सडक संरचनामा क्षति पुग्ने गरेको उल्लेख गरे ।

‘म्याग्दी खण्डको सडक स्तरोन्नतिलाई श्रोत साधनले नभ्याउने भएकाले भाबी दिनमा म्याग्दीका कतिपय स्थानमा सुरुङमार्ग आवश्यक छ,अध्यक्ष तिमिल्सिनाले भने,‘तर,अहिलेको लागि बिकल्प खोज्दै सडकलाई गति दिनुपर्ने हुन्छ ।’ राष्ट्रिय सभा अध्यक्ष तिमिल्सनाले यसअघि आफ्नो कोरला भ्रमणका क्रममा कोरला सडकको समरको भीरको रिपोर्टिङपछि ब्लास्टिङको काम सुरु गराएको दावी गरे । उनले यसपटकको पछिल्लो भ्रमणले सडक तथा नाकाको सम्पूर्ण अवस्थाको स्थलगत रिपोर्टिङ गरी सरकार र सम्वन्धित निकायको ध्यानआर्कषण गराउने बताए ।

चिनसंग सीमाना जोडिएको उत्तरी कोरलानाका भारतीय नाकाबन्दीपछि चर्चामा छ । सरकारले उत्तर कोरलामा ब्यापारिक तथा पारवहान नाका स्थापित गर्ने दिर्घकालिन लक्ष्य अनुसार राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक स्तरोन्नति सुरु गरेको छ । यस्तै,कोरलानाकालाई लक्ष्य गरी छोसेको नेचुङमा बिओपि र लोमान्थाङको लुङ्खु फाटमा नेपाली सेनाको क्याम्प खडा गरिएको हो ।तर ,कोरलानाकामा चिन पक्षले भन्सार लगायतका ठुला÷ठुला भब्य सरचना निर्माण गरिसकेको भएपनि नेपालतर्फ कुनै संरचना बन्न नसक्दा कोरलानाकाको भ्रमणमा गएका आन्तरिक पर्यटक खिन्न हुने गरेको पाईएको छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सोमबार बिहान पोखरा हुँदै तारा एअरको जहाजमा मुस्ताङ आईपुगेका थिए । उनलाई स्थानीय प्रशासन ,प्रहरी ,सुरक्षा निकाय ,कर्मचारी र विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता लगायतले जोमसोम विमानस्थल स्वागत गरेका थिए ।राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना बेनी—जोमसोम—कोरला सडक अनुगमन तथा नाका अवलोकनका लागि तीन दिने भ्रमणको शिलशिलामा मुस्ताङ आईपुगेका हुन् ।उनी आजै सडक तथा नाका अनुगमन गर्ने क्रममा उपल्लो मुस्ताङ प्रस्थान गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । अध्यक्ष तिमिल्सिना मंगलबार कोरलानाका हुदै मुक्तिनाथ दर्शन गरी जोमसोममा  भेटघाटमा सरिक हुने कार्यक्रम रहेको छ ।

सुन्दरकुमार थकाली, समाधान न्युजबाट

Leave a Reply