काँग्रेस म्याग्दीका युवा नेता रकालद्धारा सचिबमा उम्मेदवारी घोषणा

0
7

नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा नेपाली कांग्रेस म्याग्दीको इतिहासमै सबैभन्दा कम उमेरको सचिव बन्ने गरी युवा नेता भरतबहादुर रकालले सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिब समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला अधिवेशनमा जिल्ला सचिब पदमा घोषणा गर्नुभएको हो ।

जिल्ला अधिबेशनमा सभापति पदका आकाँक्षी समेत रहनुभएका जिल्ला सभापति खमविर गर्वुजाको प्यानलबाट आफ्नो उम्मेदवारी रहेको बताउँदै रकालले पार्टीमा युवाहरुको प्रतिनिधित्व गर्दै सचिब पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो।

पार्टीले जिल्लामा लामो समयदेखि संघीय निर्वाचनमा व्यहोरेको पराजयलाई बिजयीमा बदल्न पार्टीमा युवाहरुलाई सक्रिय जिम्मेवारी र प्रोत्साहन गर्नुपर्ने भएकाले युवापंतीबाट सचिब पदमा उम्मेदवारी दिन आएको सल्लाह र सुझाब र आफ्नो राजनीतिक अनुभवका आधारमा सचिब पदमा उम्मेद्वारी दिन लागेको उहाँको भनाई छ । नेविसंघ म्याग्दीका पूर्व जिल्ला सभापति समेत रहनुभएका रकाल युवापंतिमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ ।

राजनीतिलाई समाजसेवाको रुपमा लिएर जनताको सुखदुखमा साथ दिन निरन्तर सक्रिय रकाललाई जिल्ला सचिबको बलियो उम्मेदवारको रुपमा लिइएको छ । सञ्चारकर्मी र विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट सानै उमेरमा पार्टीको जिल्ला समितिमा रहेर एक कार्यकाल काम गरिसकेका रकाल काँग्रेसको बैचारिक युवा नेताको रुपमा चिनिनुहुन्छ ।