नेपाली कांग्रेस म्याग्दीको ७ औं जिल्ला अधिवेशनको आवश्यक तयारी पुरा भएको छ ।आज मंसिर १ गतेदेखि सुरु हुने अधिवेशनको आवश्यक सम्पूर्ण तयारी पुरा भएको नेपाली कांग्रेले जनाएको छ । जिल्ला कार्यसमितिको पुर्ण बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी आवश्यक जिम्मेबारी दिएपछि आन्तरिक तथा कार्यक्रमस्थलसम्मको तयारी पुरा भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा हुने अधिवेशनमा ७ सय ५० को हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् ।बुधबार दिउँसो करिब २ बजेदेखि मनोनयन दर्ता सहितका प्रक्रिय अगाडी बढ्ने जनाइएको छ । यसअघि सम्पन्न ४५ वटा वडाको अधिवेशनबाट करिब सात सय ५० जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

साढे ५ वर्षपछि हुन लागेको कांग्रेसको अधिवेशनमा सहमति र प्रतिस्पर्धा सँगसँगै हुने छ । सभापतिमा दुई जना र बाँकी पदाधिकारी, कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिमा आवश्यकता भन्दा तीन गुणा बढी उम्मेदवारी पर्ने निश्चित जस्तै देखिएको छ । केन्द्रिय कार्यसमितिले म्याग्दीमा बागलुङका निरञ्जनलाल राज भण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

Leave a Reply