नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशनको सभापतिमा खमबहादुर गर्बुजा ‘खम्बीर’ निर्विरोध चयन हुनुभएको छ । बुधबारदेखि सुरू भएको अधिवेशनको मनोननय दर्तामा सभापतिम पदका लागि गर्बुजाको मात्रै मनोनय परेपछि सर्वसम्मत चयन हुनुभएको हो ।गर्बुजा यसअघि पनि जिल्ला सभापति थिए । जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम निवासी गर्बुजा पुर्व ब्रिटिस आर्मीबाट अवकाश लिएपछि राजनीतिमा सक्रिय हुनुभएको थियो । लगातार दुई कार्यकाल पार्टीको नेतृत्व सम्हालेका गर्बुजा दोस्रो संविधानसभा,प्रतिनिधिसभाको निर्वाचतमा प्रत्यक्षतर्फका उम्मेदवार बनाएको थियो । संविधासभा र प्रतिनिधिसभामा कांग्रेसले जिल्लामा मतमा सुधार गरेपनि गर्बुजाले पराजय भोग्नुपरेको थियो । पार्टीको आगामी प्रतिनिधिसभामा समेत गर्बुजा नै उम्मेदवार सम्भावना थप बलियो भएको छ । 

सभापतिमा निर्विरोध चयन गर्बुजा सभापति शेरबहादुर देउवा निकट हुनुहुन्छ । त्यसैगरि अधिवेशनबाट महिलातर्फ जिल्ला सदस्यमा बेनी नगरपालिकाबाट मनकुमारी तुलाचन, अन्नपूर्ण गाउँपालिकाबाट महिला सदस्यमा पुष्पा बानियाँ बरुवाल, धवलागिरि गाउँपालिकाबाट महिला सदस्य रामदेवी पुन, अन्यतर्फको सदस्यमा काजिमान रोका, मालिका गाउँपालिकाबाट मनरुपा पुन र अन्यतर्फको जिल्ला सदस्यमा मालिका गाउँपालिकाबाट चुनु पुन, मंगला गाउँपालिकाबाट महिलातर्फको जिल्ला सदस्यमा युगकुमारी सेन, खसआर्यतर्फको महिला सदस्यमा लक्ष्मीकुमारी केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधितर्फ आपांग अन्यतर्फ सुरेन्द्र खत्री निर्विरोध हुनुभएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी अधिवेशनमा पार्टीको उपसभापतिमा माधबप्रसाद रेग्मी, हरिकुमार श्रेष्ठ, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी, डमबहादुर पुन र कमल छन्त्याल रहेका छन् । सचिव पदमा अजय मिलन श्रेष्ठ, भरबहादुर रकाल, दुर्गाराम सुबेदी, हिराबहादुर पुन, सहसचिवमा श्रीराम पौडेल, कोमलप्रसाद उपाध्याय र धुब्रराज कार्कीले उम्मेदवार दिएका छन् ।

सभापतिमा निर्विरोध भएपनि पदाधिकारी, कार्यसमिति सदस्य सहित महाधिवेशन प्रतिनिधिमा भने आवश्यक भन्दा धेरैले मनोनयन दर्ता गरेको निर्वाचन समितिका सदस्य प्रकाश सुबेदीले जानकारी दिनुभयो । अधिवेशनमा ७ सय ५० जना प्रतिनिधिले सहभागिता जनाएका छन् ।

Leave a Reply